नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले कुवेत आएको हुँ: नायक – भोज गुरुङ


अन्तर्वार्ता:

कलिलो उमेरमा पोखराको रंगशालामा मार्सल आर्ट सिक्न बिहानै उठेर कुद्ने ठिटो आखिर नेपाली चलचित्रको नायक हुन सफल हुँदा निकै उत्साहित हुनुहुन्छ, नव-नायक भोज बहादुर गुरुङ । कास्की जिल्लाको नामार्जुङ-४, तान्तिङमा जन्मनु भएका ३० वर्षिय गुरुङ मुनाल फिल्मस् प्रा.ली का सञ्चालक पनि हुनुहुन्छ । सर्टिफिकेट लेवलसम्मको अध्ययन गर्नु भएका भोज गुरुङले दर्जनौं गुरुङ भाषाका चलचित्रहरुलाई निर्देशन समेत गरिसक्नु भएको छ । गत जुलाई १ का दिन आफुले अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र साहसीको प्रिमियर शो सफल पार्न वहाँ कुवेतमै हुनुहुन्थ्यो । सोही क्रममा तमू समाज कुवेतले उहाँको सम्मान स्वरुप एउटा औपचारिक कार्यक्रमको आयोजना गरी वहाँलाई भव्य स्वागत गरेको थियो । सो अवसरमा कुवेतनेपाल डट्कमले पनि केही समय वहाँसँग भलाकुसारी गर्ने मौका पाएको थियो । प्रस्तुत छ, वहाँको सिने यात्रा र व्यक्तिगत जिन्दगीलाई उजगार गर्दै कुवेतनेपाल डटकमले लिएको अन्तर्वार्ताको भाग:

१) आफ्नो चलचित्रको प्रिमियर शो सफल पार्न कुवेत आउनु भएको छ, कस्तो अनुभव बटुल्नु भयो कुवेतमा ?

– नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउने उद्देश्यले यो चलचित्र कुवेतमा पनि प्रदर्शन गर्नको लागि आउने क्रममा मलाई बिमानस्थलमा मेरो बाल्यकालको साथी टेक बहादुर तामाङ र दाजु अर्जुन तामाङले मात्र नभई कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्था, कलाकार, तमू समाजका प्रतिनिधिहरु, तामाङ घेदुङका प्रतिनिधिहरु, पत्रकारहरु र अन्य साथीभाइहरुले आफ्नो व्यस्त समयको बावजुत जुनरुपमा मेरो स्वागत गर्नुभयो र यसरी मेरो सम्मान गर्दै अन्य कार्यक्रमहरु यहाँहरुले गर्नु भएको छ मलाई निकै उत्साहित तुल्याएको छ । कुवेतवासी नेपालीहरुले दिएको माया, सदभाव र स्वागतलाई हेर्दा साँच्चै नै रमाइलो लागेको छ कुवेत आगमन ।

२) साहसी चलचित्रमा हजुरको भूमिका ?

– यो चलचित्रमा मेरो भूमिका सह-नायकको रुपमा पाउनु हुनेछ ।

३) प्रिमियर शो को उद्देश्य र यसले ल्याउन सक्ने परिवर्तन ’bout केही बताईदिनु हुन्छ कि ?

– नेपालको बर्तमान राजनीतिक परिवेशले गर्दा नेपाली चलचित्र जगत अतिनै संकटमा गुज्रिरहेको छ । देशका युवाहरु पूर्णरुपमा बिदेश पलायन हुनेदेखी लिएर आन्तरिक कलहले नेपाली चलचित्रको बजार माथि उठ्न नसकी रहेको कारणले गर्दा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा व्यवसायिक ढंगले बजार विस्तार गर्ने अनी बिदेशमा रहेका नेपालीहरुलाई नेपाली चलचित्र हेर्ने मौका प्रदान गर्दै आफ्नो नेपाल र नेपाली पन सदैव ताजा रहोस् भन्ने उद्देश्यले नै हामीले यो चलचित्रलाई यहाँ प्रदर्शन गर्न लागेका हौं ।

४) तपाईं चलचित्र क्षेत्रमा कहिले देखी प्रवेश गर्नु भएको हो र कती चलचित्रमा अभिनय वा निर्देशन गर्नु भएको छ ?

– म यस क्षेत्रमा लागेको १० वर्ष भयो । मैले अभिनय गरेको नेपाली भाषी चलचित्र साहसी नै पहिलो हो भनें थुप्रै गुरुङ भाषाका चलचित्रहरुमा क्यामरा सम्पादन, निर्देशन गर्ने गरेको छु । जसमा चों (भाउजु, बुहारी), हेबैर (लेकाली फुल), मेरो कर्म मैले निर्देशन गरेका चलचित्र हुन भने अन्य केही चलचित्रहरुमा म अभिनय पनि गरेको छु र हृदयकी रानीमा डाईरेक्सन गरेको छु ।

५) यो चलचित्र साहसी अन्य मुलुकहरुमा पनि प्रदर्शन भए कि कुवेत नै पहिलो हो ?

– अष्ट्रेलिया, ईङ्ल्याण्ड र हङकङमा प्रदर्शन भईसकेका छन । कुवेत चौंथो प्रदर्शन गरिने राष्ट्रमा परेको छ र लगत्तै इजरायलमा प्रदर्शनिको लागि जाँदैछु भनें नेपालमा त एकैचोटी ४०/५० वटा हलमा प्रदर्शन भएका थिए ।

६) तपाईं मुनाल फिल्मस् प्रा.लिको सञ्चालक, कयौं गुरुङ फिल्महरुमा तपाईंको निर्देशन रहेको छ भनें साहसीमा तपाईंको अभिनय मात्रै होकी अन्य कुनै भूमिका पनि छन ?

– सह-नायकको रुपमा अभिनय गर्नुका साथै विश्व बजारमा नेपाली चलचित्रलाई व्यवसायिक रुपमा बिस्तार गर्न प्रस्तुतकर्ता बनी घुमेको छु भनें केही लगानी पनि रहेको छ मेरो यस चलचित्रमा ।

७) तपाईं सिने जगतमा लागेर यो सफलता हाँसिल गर्नुमा प्रेरणाको रुपमा कसलाई लिन चाहनुहुन्छ ?

– सानैदेखी यो क्षेत्रमा लाग्ने मेरो सपना थियो र ओम प्रकाश गुरुङको प्रेरणाबाट मलाई यस क्षेत्रमा अगाडि बढ्न ठुलो सहयोग मिलेको छ ।

८) आफ्नो बाल्यकालको साथी टेक तामाङ मरुभूमिको देशमा भएर पनि सहयोगीको रुपमा पाउँदा कस्तो लागेको छ तपाईंलाई ? के भन्नु चाहनुहुन्छ आयोजना गर्ने साथीहरुलाई ?

– उहाँहरुको सहयोगले गर्दानै कुवेतमा यो चलचित्र पर्दशन गर्ने अवसर मिलेको छ भनें साथी भनेको यस्तो हुने रहेछ भनेर मैले राम्रोसँग बुझ्ने मौका पाएं, उहाँहरुलाई धेरै धन्यवाद दिन चाहन्छु र कुवेतमा रहेका सम्पूर्ण सँघ-सैस्था र सबै नेपाली दाजुभाइ, दिदीबहिनी प्रति म आभारी छु ।

९) नेपाली सिने जगतमा एउटा महानायकको रुपमा परिचित राजेश हमाल जस्तो व्यक्तित्वसँग काम गर्दा अफ्ठ्यारो लागेन ?

– शुरुमा त त्यती ठुलो अनी सुपर स्टार कलाकारसँग काम गर्दा अली नर्भस हुन्छु कि जस्तो लागेको थियो ।  तर, वहाँको सदभाव, गल्ती भएको कुरा सिकाउने र सहयोग गर्ने जस्ता व्यवहारले मलाई साहसीमा काम गर्न कुनै अफ्ठ्यारो भएन । वास्तवमा भन्नुपर्दा राजेश हमालजी महानायक मात्र नभई धेरै सहयोगी र स्वच्छ हृदय भएको महान व्यक्तित्व समेत हुनुहुन्छ ।

१०) तपाईंको आगामी योजना ?

– म एक कुशल उसु (मार्सल आर्ट) खेलाडी भएकोले सक्दो एक्सन चरित्रमा आफुलाई स्थापित गरी नेपाली दर्शकहरुलाई मनोरञ्जन दिने कोशीस गर्नेछु ।

११) अन्तमा केही भन्न चाहनुहुन्छ ?

– मेरो कुवेत आगमनदेखी चलचित्र प्रदर्शन सम्बन्धी समाचार प्रसारण गरेर सहयोग गर्नु भएकोमा कुवेतनेपाल डटकम लगायत कुवेतका अन्य नेपाली पत्रीकाहरुलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । मैले तपाईंहरुको साईट नेपालदेखीनै हेर्दै आएको छु र यसै पत्रीका मार्फत खासगरी तमू समाज कुवेत, NRNA का अध्यक्ष राजेन्द्र तामाङ दाजु, अर्जुन तामाङ दाजु, साथी टेक तामाङ र सम्पूर्ण सहयोगी कुवेतवासी नेपालीहरुलाई मेरो यस कार्यमा सहयोग गरिदिनु भएकोमा हृदयदेखी नै धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

Posted by: Jay Ale

One response to “नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले कुवेत आएको हुँ: नायक – भोज गुरुङ

  1. very good interview dai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.