निरन्तरताकै नीति तथा कार्यक्रम


गोकर्ण अवस्थी
काठमाडौ, अषाढ २० – अर्थतन्त्रका जटिलताको निकास खोज्नेभन्दा पनि सत्ता साझेदारलाई रिझाउने लोकपि्रय शैलीमा सरकारले आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामवरण यादवद्वारा आइतबार संसद्मा प्रस्तुत नीतिमा ‘जनयुद्धको पृष्ठभूमिमा मौलिक शान्ति प्रक्रिया सुरु गरेको’ भन्ने विषय पहिलो पटक सरकारी दस्तावेजमा समेट्दै द्वन्द्वपीडित, घाइते, बेपत्ताका लागि विशेष कार्यक्रम समेटिएको छ ।

‘हामीले जनयुद्धलाई मानेकै छैनौं,’ कांग्रेस नेता रामशरण महतले भने, ‘यसमा हाम्रो गम्भीर असहमति छ ।’ जमिनमा भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गरिने, जनताको तटबन्ध, द्वन्द्वपीडित परिवारका लागि विशेष कार्यक्रम माओवादीले चाहेका कार्यक्रम हुन् । तर माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने नीति तथा कार्यक्रमलाई विगतको निरन्तरता भएको टिप्पणी गरे । ‘माओवादी सन्तुष्ट पनि छैन, असन्तुष्ट पनि छैन,’ उनले भने ।

राष्ट्रपति यादवद्वारा झन्डै डेढ घन्टा लगाएर वाचन गरिएको नीतिलाई महतले ‘पञ्चायती शैली’ को लामो तर अर्थतन्त्रका समस्या सम्बोधन नगरेको दस्तावेज भनी टिप्पणी गरे । मूल्यवृद्धि र वित्तीय क्षेत्रका समस्यालाई समेट्न नसकेको उनले बताए ।

औद्योगिक विस्तारका ठोस कार्यक्रम नसमेटिए पनि व्यवसायीले प्रमुखताका साथ उठाइरहेको आयको स्रोत खुलाउनुपर्ने सीमालाई बढाउने निर्णय सरकारले गरेको छ । हाल १० लाखभन्दा बढीको रकम बैंकमा जम्मा गर्दा आयको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

‘सीमा बढाउन खोजिएको भने हो तर कति पुर्‍याउने भन्ने छलफलकै क्रममा छ,’ अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने । यो प्रावधानका कारण सर्वसाधारणले बैंकमा रकम जम्मा नगरेकाले वित्तीय क्षेत्रमा तरल रकमको अभाव भएको व्यवसायीहरूको गुनासो छ । यससँगै वित्तीय क्षेत्रको समस्या सम्बोधन गर्ने विषय नीतिमा उल्लेख भए पनि ठोस योजना छैन ।

सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको छ । पश्चिम सेतीलगायत १० वटा जलाशययुक्त आयोजना सरकारले प्राथमिकतामा राखेको छ । निजी क्ष्ाेत्रले बनाउने अनुमति लिएर १६ वर्षसम्म बनाउन नसकेको पश्चिम सेतीलाई सरकार आफैंले बनाउने संकेत गरेको छ । पूर्व-पश्चिम पहाड जोड्ने राजमार्गसँगै मध्यपहाडी प्रसारण लाइन पनि अब सरकारको प्राथमिकतामा परेको छ ।

यससँगै उत्तर-दक्षिण प्रसारण लाइनलाई पनि नीतिमा समेटिएको छ । ‘जनताको रहर उज्यालो सहर’ भन्ने आकर्षक नारासहित सहरी सडकमा लोडसेडिङ नहुने योजना सरकारको छ । छुट्टै फिडर र बत्ती जडान गरेर लोडसेडिङ अन्त्य गर्न करिब २ अर्ब लाग्ने अनुमान ऊर्जा मन्त्रालयको छ ।

यससँगै जलविद्युत् विकास बैंक तथा कम्पनीका रूपमा ऊर्जामा लगानी गर्ने विशेष वित्तीय संस्था स्थापना गर्ने योजना सरकारको छ । ‘हामीले १५ अर्ब मागेका छांै, बजेटमा ५ अर्बसम्म आउँछ कि,’ ऊर्जामन्त्री गोकर्ण बिष्टले भने । बैंक स्थापनाका लागि सरकारको लगानीसँगै निजी क्षेत्रको सेयरसमेत टुंगो लगाएर एक हप्ताभित्र स्थापना गर्ने’bout निर्णय गरिने पनि मन्त्री बिष्टले बताए । सरकार, निजी क्षेत्र र सहकारीसहितको ३ खम्बे नीति लिइने उल्लेख भएको कार्यक्रममा बढ्दो व्यापार र भुक्तानी सन्तुलन घाटा, उत्पादनमूलक क्षेत्रको क्ष्ामतामा आएको ह्रास र निर्यात प्रवर्द्धनका ठोस कार्यक्रम नआएको गुनासो निजी क्षेत्रको छ । ‘उत्पादन र उत्पादकत्व बढाउने ठोस कार्यक्रम छैन,’ उद्योगी तथा सभासद राजेन्द्र खेतानले भने, ‘निर्यात बढाउने कार्यक्रम पनि देखिँदैन ।’

विशेष आर्थिक क्षेत्र र लगानी बोर्ड विधेयक यसै वर्ष पारित गराउने नीतिमा उल्लेख छ । तर मुख्यतया माओवादीको विरोधका कारण आर्थिक क्षेत्रसम्बन्धी कानुन दुई वर्षदेखि संसद्मा थन्किएको छ ।

अर्थमन्त्री भरतमोहन अधिकारीले नक्कली बिलमा संलग्नलाई छुट दिने आशंका भइरहेका बेला नीति तथा कार्यक्रमले कडा कारबाही गरिने जनाएको छ । मानव विकासतर्फ कणर्ाली र सुदूरपश्चिमलाई यसपटकको नीति तथा कार्यक्रममा सरकारले बिर्सेको छैन । सधैं नयाँ कार्यक्रम आउने तर त्यहाँका जनताको जीवनस्तरमा कुनै सुधार नभएका बेला यसपटक कणर्ाली विकास आयोग गठन गरिने उल्लेख छ । सुदूरपश्चिमको सट्टा ‘सेती-काली’ भनिएकाले माओवादीको प्रभाव नीतिमा थप झल्किन्छ ।

मध्यपहाडी लोकमार्ग, तराई जोड्ने द्रुत मार्ग, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, बबई डाइभर्सनलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । सामाजिक सुरक्षातर्फ बैंक तथा वित्तीय संस्थामार्फत भत्ता उपलब्ध गराउने, हलिया, मुक्त कमैयाका लागि रोजगारजस्ता कार्यक्रम समेटिएका छन । तमलोपा नेता हृदयेश त्रिपाठीले सबै मन्त्रालयको माग समेटिएको तर मुलुकको अर्थ राजनीतिक समस्या सम्बोधन नभएको बताए । ‘मन्त्रालयका माग राखेर राम्रो सम्पादक जस्तो काम भएको छ,’ उनले भने । 

Posted by: Shiva Paudel

Source: ekantipur

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.