जमाना जिन्सको


पहिरनको दुनियाँमा सबैभन्दा लोकपि्रय वि.सं. ‘३० को दशकतिर सोल्टी होटलमा आयोजित एउटा पार्टीमा जिन्स पाइन्टमा ठाँटिएर जाँदा फोटोग्राफर हरविंश किराँतलाई हलभित्र पस्नै गाह्रो भयो । सुरक्षा गार्डसँग निकैबेर कचकच गनुपर्‍यो रे उनले । जिन्स पाइन्टको सट्टा ती सुरक्षाकर्मी उनलाई औपचारकि पोसाकमा खोजिरहेका थिए । समयको कुरा न हो, अहिले भने फेसनको दुनियाँमा त्यही जिन्सको एकछत्र राज छ ।

जिन्ससँग जोडिएको अर्को किस्सा छ, गायक ओमविक्रम विष्टसँग पनि । ०२६/२७ सालताका जिन्सको लुज पाइन्ट लगाएर हिँड्दा न्युरोडबासीले काट्नसम्म उनका कुरा काट्थे रे ! तर, अहिले त्यही न्युरोड जहाँ दैनिक लाखौँ रुपियाँको जिन्स कारोबार हुन्छ । विष्ट भन्छन्, “अब जवानीमा जिन्स नलगाउने मान्छे को होला ?” हुन पनि हो, अहिले बच्चादेखि पाका उमेरसम्मका थरीथरीका जिन्समा चिटिक्क परेर हिँडेका देखिन्छन् । जिन्सबाट पाइन्ट मात्र होइन, अनेकन पहिरन बनेका छन् । पहिरनको अर्थतन्त्रमा जिन्सको हिस्सा बढ्दैछ । समाजशास्त्री प्रा गणेश गुरुङ भन्छन्, “अब त जिन्स संस्कृतिजस्तै भइसक्यो । मान्छेको पहिरन रुचि जिन्समै केन्दि्रत देखिन्छ ।”

बीबीएसकी विद्यार्थी शर्मिला शाहीका अनुभवमा बजारका सोरुमहरूमा छिर्नासाथै जिन्सका पाइन्ट, स्कर्ट, हाफ पाइन्ट र ज्याकेटहरूमा आँखा नकुदाई सुखै छैन । “जिन्स लगाउँदाको सान नै अलग्गै हुन्छ,” शाही भन्छिन्, “लाग्छ, जिन्स युवा मनोविज्ञानसँग पनि जोडिन आइपुग्यो ।”

कुनैबेला अमेरिकि गोठाला र कोइलाखानीका कामदारले लगाउने कपडाको परचियमा सीमित जिन्सले अहिले समाजमा व्यक्तिको प्रतिष्ठा बनाउने हैसियत बनाएको छ। युवाहरूको कुरै छाडौँ। लगाउन सजिलो, बलियो, हल्का फोहोर भए पनि लगाउन मिल्ने भएकै कारणले यसले प्रख्याति कमाएको यसका पारखीहरू बताउँछन्। रफटफ शैलीको यस कपडाले नेपाली सहरयिा समाजमा मात्रै होइन, ग्रामीण भेगमा समेत उत्तिकै लोकपि्रयता कमाएको छ।

जिन्सलाई जति धोयो उति यसमा लोभलाग्दो रङको चमक आउने हुँदा आफूमा जिन्सप्रतिको क्रेेज बढेको हो। बढी समय खप्ने, लगाउँदा अन्य कपडाजस्तो मिलाइराख्नु नपर्ने तर आकर्षक व्यक्तित्वमा झल्किने हुँदा पनि जिन्सले सबैको ध्यान तानेको किराँतको भनाइ छ। जिन्सका स्टाइलिस र फेसनेबल डिजाइन आउन थालेपछि यसले पहिरनमा नयाँपन खोज्ने युवाहरूको मन सजिलै जित्यो। “शारीरकि काम गर्दा लगाइने जिन्सले सामाजिक हैसियत बनाएको छ,” किराँत भन्छन्।

मानवशास्त्रमा विद्यावारििध गररिहेका पद्मकन्या क्याम्पसका सह-प्राध्यापक भेषनाथ सापकोटाका अनुसार नेपाल ऐतिहासिक रूपमै सुतीको पहिरनसँग परििचत भएकाले सुतीकै जिन्स नेपालमा सजिलै चलनमा आएको हो। नेपालमा भारतमा बनेको चल्तीको खादी कपडा पहिल्यैदेखि लगाउने प्रचलन थियो। युवा पिँढीले कुनै पनि कुरामा यथास्थिति मन नपराउने स्वभावको हुने हुँदा जिन्सले पनि समय र पुस्ता अनुसार विभिन्न रूप, रंग र डिजाइन ग्रहण गरिरहेको सापकोटाको विश्लेषण छ। जिन्सको पाइन्टमा अहिले चलेको ग्रन्ज -केही च्यातिएको वा बिब्ल्याँटोजस्तो देखिने) शैलीलाई यसैको उपज ठान्छन्, सापकोटा।

जिन्स बढी चल्नुमा नेपालमा जिन्स हुर्किंदाको पुस्ता यतिबेला अभिभावक पुस्ता बनेकाले उनीहरूले आफ्ना छोराछोरीको रोजाइलाई सजिलै स्वीकृति दिएकाले पनि हो। “यसमा पुस्तान्तर देखिएको छैन, जिन्स बाबुआमाले पनि लगाउने र सन्तानले पनि,” सापकोटा भन्छन्, “यस अर्थमा जिन्स पुस्ता जोड्ने पहिरनको सेतु पनि हो।”

विश्वमा जिन्स १६औँ शताब्दीदेखि प्रयोगमा आउन थालेको हो। कोइलाखानीका कामदारले लगाउने यस कपडालाई लेभी स्ट्रस नामक व्यक्तिले १८औँ शताब्दीमा अमेरिका पुर्‍याए, जुन ब्लु जिन्सका रूपमा प्रख्यात भयो। लेभीले नै अमेरिकामा आफ्नै नाममा लिभाइज ब्रान्ड स्थापित गरेपछि यो विश्वका अन्य ठाउँमा समेत फैलियो। क्रमश: संसारका कलाकारहरूले यो पहिरन लाउन थालेपछि जिन्सले सबैको ध्यान खिच्यो। अमेरिकि पूर्वराष्ट्रपति जिम्मी कार्टर जिन्समै ह्वाइटहाउस प्रवेश गरेपछि त यसले नयाँ पुस्ताको ध्यान खिच्यो। लिभाइज, लि, र्‍यांगलर र क्याल्भिन क्लिन विश्वका नाम चलेका जिन्स ब्रान्ड हुन्।

पछिल्लो समय नेपालमा समेत जिन्सका विभिन्न डिजाइनका फेसनेबल कपडा आउन थालेका छन्। शेर्पा मलमा रहेको उप्स पसलका नितेश महर्जनका अनुसार अहिले स्िकनी, ग्रन्ज र अपर वेस्ट डिजाइनका पाइन्ट बढी चल्तीमा छन्। एकदमै टाइट देखिने स्िकनी पाइन्टको फेसन ट्रेन्ड बढेको छ भने गर्मीमा कम्मरको माथिल्लो भागसम्म पूरै छोप्ने अपर वेस्ट जिन्ससमेत युवतीहरूले उत्तिकै मन पराउँछन्।

जानकारहरूका अनुसार नेपालमा जिन्सले सन् ‘६० को दशकमा भित्रिएको पश्चिमी हिप्पी अवधिसँगै सहज प्रवेश पाएको हो। त्यसअघि अमेरिकि स्वयंसेवी संस्था पिसकोरमा काम गर्ने गोराहरूले समेत नेपालमा फाट्टफुट्ट जिन्स लिएर आउने गरेका थिए। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डम्बर चेम्जोङ हिप्पी युवाहरूजस्तै आफूलाई फरक देखाउन नेपालीहरूले समेत विस्तारै जिन्स लगाउन थालेको बताउँछन्।

हिप्पी अवधिलाई नजिकबाट नियालेका त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीका प्राध्यापक अभि सुवेदी हिप्पीहरूले नेपालमा जिन्स लाएर आउँदा जिन्स’bout पहिल्यै केही थाहा पाएका नेपाली तन्नेरीलाई उत्पात खुसी लागेको अनुभव सुनाउँछन्। भन्छन्, “तिघ्रा र घुँडामा खल्ती भएको जिन्स, त्रिपालजस्तो थियो। जिन्सको उत्पत्ति र त्रिपालको क्यानभासको सम्बन्ध छ। हामी त्यो पाइन्ट लगाउँदा आपृ्mलाई असम्पृक्त, सांसारकि तर व्यापक चेतनाले उचालेका जस्ता लाग्थ्यौँ।”

हिप्पीहरूले भित्र्याएको जिन्स वसन्तपुरको फ्रिक स्िट्रटमा सेकेन्डह्यान्डमा किनबेच हुनथालेपछि नेपालीहरूले समेत फाट्टफुट्ट यो पहिरन लगाउन थाले। “नीलो बेलबटम जिन्स, लट्टा परेको लामो कपाल र अग्लो ज्यानका हिप्पीहरूलाई देख्दा आफू पनि त्यस्तै बनेर हिँड्न पाएजस्तो लाग्थ्यो,” त्यतिबेला १२ वर्षे किशोर रहेका पप गायक विष्ट अहिले पनि सम्झछन्, “ज्यानको आकारभन्दा दोब्बर ठूलो लिभाइज ब्रान्डको बेलबटम ब्लु जिन्स मैले सेकेन्डह्यान्डमा १५ रुपियाँ तिरेर किनेको थिएँ।” त्यो बेलबटम जिन्सलाई आफ्नो साइज अनुसारको बनाउँदा तीनवटा सियो भाँच्चिएर दर्जीको गाली खाँदासमेत विष्टलाई कम्ती नरमाइलो लागेन। भन्छन्, “मेरो मनमा जिन्सको यस्तो चस्का बसिसकेको थियो कि जसले जे भने पनि वास्ता लाग्दैन थियो।”

हिप्पी अवधिले जग हालिदिएपछि जिन्सप्रति विस्तारै खुकुलो बनेको काठमाडौँको समाजमा बेलायत र हङ्कङ्का लाहुरेले समेत यसलाई लोकपि्रय बनाएको चेम्जोङ बताउँछन्। उनका अनुसार छुट्टीमा घर आउने गोरखा लाहुरेहरूले त्यतिबेला नेपालमा जे बिक्छ, त्यही ल्याउने गर्थे। भन्छन्, “हिप्पी युगपछि विस्तारै जिन्स लगाउने चलन बढ्न थालेपछि उनीहरूले यही पहिरन ल्याएर बेच्न थाले।” यससँगै मनाङे व्यापारीहरूले हङ्कङ्बाट सुरु गरेको झिटीगुन्टा व्यापारमा समेत जिन्स अनिवार्य बन्न थाल्यो। नेपालमा मात्रै होइन, भारतको दार्जीलिङसमेत नेपालबाटै जिन्स पुग्ने गरेको थियो। पूर्वमा लाहुरेहरूले धरानलाई ट्रान्जिट बनाएपछि ०४५ सालदेखि झापाको धुलाबारी, इलामको पशुपतिनगर हुँदै दार्जीलिङमा समेत बिक्री हुन्थ्यो जिन्स। चेम्जोङ भन्छन्, “त्यतिबेला सजिलै किन्न पाइँदैन थियो र कालोबजारीसमेत हुन्थ्यो।”

जिन्सका सोखिन किराँतका अनुसार नेपालमा पर्यटक गाइडले समेत जिन्स भित्र्याउनेमा इँटा थपे। किराँतले समेत एक जना आफन्त पर्ने गाइडबाटै ब्लु जिन्स पाएका थिए, ०२८ सालतिर। भन्छन्, “गोराहरूसँगको सम्पर्कले गाइडहरूको समेत नेपालमा जिन्स लगाउने कार्यमा योगदान छ।”

समाजशास्त्री गुरुङका अनुसार नेपालले खुला अर्थनीति अँगालेसँगै जिन्सले ह्वात्तै बजार ओगटेको हो। सन् ‘७०/८० को दशकमा चीनमा भएको औद्योगीकरणले समेत नेपालमा जिन्सले बजार लिन थालेको हो। लिभाइज, लीजस्ता दामी ब्रान्डका जिन्स मास प्रोडक्सनमा गएपछि विकासोन्मुख राष्ट्रहरूमा जिन्स फैलियो। गुरुङ भन्छन्, “आर्थिक अवस्था कमजोर भएकादेखि ब्रान्डेड खोज्ने सबै वर्गकाले धान्न सक्ने भएपछि यो पहिरन सबैको रोजाइ बन्यो। जिन्स लगाएन भने पहिरन परखै भएन भन्ने तहमा अहिले यो फैलिएको छ।” शारीरिक काम गर्दा लगाइने जिन्सले सामाजिक हैसियत बनाएको छ ।

Posted by: Dambar Rimal                                  Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.