Daily Archives: 03/07/2011

नेपालका १० उत्कृष्ट उच्च मा. वि. हरू


टप १० प्लस टु

– राम बहादुर रावल साथमा जनकराज सापकोटा, पेशल आचार्य, भीम घिमिरे, ईश्वरी न्यौपाने, दीपेन्द्र बडुवाल र श्यामसुन्दर शशि

परीक्षा नियन्त्रण कार्यालयले ६ असारमा सार्वजनिक गरेको एसएलसी परीक्षाको नतिजा अनुसार २ लाख ३० हजार ५ सय विद्यार्थी उच्च माध्यमिक तह (प्लस टु)मा अध्ययनका लागि योग्य भएका छन्। एसएलसीपछिको एक मात्र राष्ट्रिय शैक्षिक कार्यक्रम रहेकाले सबैजसो विद्यार्थीका लागि अनिवार्य बनेको छ, प्लस टु। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाली राजदूतावास कुवेतको अत्यन्त जरुरी सूचना !!


जय आले, कुवेत

नेपाली राजदूतावास कुवेतबाट आजको मिति (०३ जुलाई २०११) मा जारि गरिएको सूचनाकानुसार, नेपालदेखी २० नं. भिसामा नेपाली कामदारहरु ल्याउने नेपाली प्रतिनिधी/एजेण्टहरूको भिसा यदी २० नं. “घरेलु कामदारको भिसा” भएको खण्डमा यथाशिघ्र १८ नं. “प्रोजेक्ट भिसा” मा परिवर्तन गर्न निर्देशन दिईएको छ । नेपाली राजदूतावास कुवेतले आजको मितिमा जारी गरेको जरुरी सूचना हेर्नको निम्ती तलको लिंकमा क्लिक गर्नुहोला ।

Embassy Notice for Changing Visa from Article 20 to 18

जनतान्त्रिक इन्चार्ज हतियार सहित पक्राउ


मिथिलेश यादव, राजबिराज, आसार १९- सप्तरीको गम्हरिया पर्बाहा ७ बाट जनतान्त्रिक तराई मुक्ति मोर्चा, मधेशका एक कार्यकर्तालाई प्रहरीले सोमवार बिहान हतियार सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा गम्हरिया पर्बाहा ७ निवासी २५ बर्षिय सन्तेष उपनामका फनीलाल साह छन्। पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल नेतृत्वको उपसमितिले एक महिने प्रतिवेदन बुझायो


काठमाडौ, अषाढ १९ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको संविधानसभा संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले एक महिनाको प्रगति प्रतिवेदन संवैधानिक समितिलाई बुझाएको छ ।समितिको आइतवार बिहानको बैठकमा उपसमितिले सो प्रतिवेदन बुझाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कानुन !!


– प्रेम ओली,

संबिधान बने पनि, कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ
जती कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ति गरे पनि
कानुन माथि चढे पनि
सम्मानजनक थुनछेक छ पढ्नेक्रम जारी राख्नुहोस्

रोमानियामा एनआरएनको नयाँ कार्यसमिति गठन


नवराज पोखरेल, रोमानिया

२ जुलाई २०११, नरापो न्यूज, बुखारेस्ट । रोमानियामा एनआरएनको नयाँ कार्यकारी समिति गठन भएको छ । आगामी २ बर्षका लागि गठन भएको  उक्त समितिको अध्यक्षमा नवराज पोखरेल, उपाध्यक्षमा लिडिया पोखरेल, महासचिवमा डा. शैलेश कुमार भगत पुन. निर्बाचित हुनु भएको छ । त्यसैगरी प्रमुख अतिथिमा डा. ओभिदियु बोजोर र नेट वर्किंग प्रमोशनमा युवा सदस्य आलेक्सान्द्रु पोखरेल रहनुभएको छ भने सदस्यहरुमा लुमन दाहाल, प्रतिक्षा दाहाल, मुरारी खरेल, मान बहादुर कार्की, नगेन्द्र रेग्मी, रेगन पोखरेल, प्रिन्शु खड्का र आलोक शाह रहनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्