विमानस्थलमा चेलीको लस्कर


होम कार्की/दिनेश रेग्मी
काठमाडौं/कतार, अषाढ १८ – बल्ल आइयो,’ लामो श्वास फेर्दै पोखराकी उजी तिमल्सिनाले भनिन्, ‘स्वदेश आइन्छ भन्ने लागेकै थिएन ।’ तिमल्सिनासहित ५९ जना महिलाले शुक्रबार साँझ आफ्नो भूमिमा पाइला राख्न पाउँदा खुसीको सीमा थिएन । उजीले सुनाइन्, ‘घर आउनका लागि ८ महिना लामो समय प्रतीक्षा गर्नुपर्‍यो । त्रिभुवन विमानस्थलको आगमन कक्षबाट बाहिर निस्किरहेका युवती हर्षले एक अर्कामा अंकमाल गर्न व्यस्त थिए । सूचना नभएर थोरैको मात्र आफन्त विमानस्थल पुगेका थिए ।

कुवेतस्थित नेपाली दूतावासले उद्धार गरेर पठाएका उनीहरूका दुःख कथा आ-आफ्नै थिए । २५ दिन जेल बसेर दूतावासको शरणमा पुगेकी उजी कम्पनीको काम भनेर एजेन्टलाई एक लाख २५ हजार बुझाएर कुवेत गएकी रहिछन् । ‘कहाँको कम्पनी हुनु र ? चार वर्ष घरको काममा बिताएँ,’ उनी भन्दै थिइन्, ‘तर एक महिनाको पनि तलब पाएकी छैन । अदालतमा मुद्दा हालेकी छु । दूतावासले लडिदिन्छु भनेर आएको ।’

उनीसँगै रहेकी धनकुटाकी ३९ वर्षीया रीता सापकोटा (नाम परिवर्तन) को झन् स्थिति दयनीय रहेछ । ‘६ वर्षअघि श्रीमान् बित्नुभयो । घरमा दुई छोरा र छोरी छन्,’ उनीले भनिन्, बच्चाको शिक्षादीक्षाका लागि कुवेत हिँडेको दुःख शिवाय केही पाइनँ ।’ दुई वर्षअघि कुवेत पुगेकी सापकोटाले आफू रित्ताे हात फर्केको बताइन् । ‘आधा दर्जन घरमा काम गर्न पुगियो होला कसैबाट तलब पाइनँ । काम भने दिनको २० घन्टासम्म गर्नुपर्ने । पैसा जति सबै कम्पनीले राख्ने । तर हामीलाई नदिने ।’ भनिन्, ‘कसैले विदेश गएर राम्रो भविष्य देख्नु मूर्खता शिवाय केही रहेनछ ।’

दूतावासले राति स्थानीय समयअनुसार बिहीबार राति ८:४५ बजे पठाएको ६० जनामध्ये ५९ जनामात्रै काठमाडौंमा साँझ फ्लाई दुबईमार्फत ६:२० आइपुगेका थिए । एक जना भने दुबईमा छुटेका छन् । आउनेमा अधिकांश अविवाहित युवती थिए । खाडीबाट यति ठूलो संख्यामा एकै खेपमा घरेलु महिला फर्किएको यो पहिलो हो । उनीहरूलाई सुरक्षाका लागि सेल्टरमा लैजान पौरखी नेपाललाई समेत निकै गाह्रो परिरहेको थियो । 

‘फर्केका सबै आफमाफीमा पाएका होइनन्,’ कुवेतस्थित नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, ‘एकदेखि ९ महिनासम्म दूतावासको सेल्टरमा बसेर आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर दूतावासले उद्धार गरी पठाएको हो ।’ स्वदेश पठाउन ६१ जना विमानस्थल पुयाएमध्ये एक जनाको मुद्दा भएकाले उनी दूतावासकै सेल्टरमा फर्किएको दूतावासले जनाएको छ । पौडेलका अनुसार दूतावासको आश्रयस्थलमा करिब साढे ३ सय हाउसमेड रहँदै आएकोमा अहिले विभिन्न मुद्दा लागेका सहित १ सय १६ हाउसमेड छन् । आश्रयस्थलमा रहेकामध्ये करिब दुई सय महिला यसअघि विभिन्न समयमा स्वदेश फर्किसकेको राजदूत पौडेलले बताए । जसमध्ये लामो समयदेखि दूतावासको आश्रयस्थलमा बसेका ४० भन्दा बढी हाउसमेड दुई साताअघि फर्किएका थिए । त्यस्तै तीन साताअघि प्रहरीको घर फिर्ती केन्द्रबाट ४८ हाउसमेड स्वदेश पुगेका थिए ।

कुवेत सरकारले दिएको आममाफीमा ३ हजार ५ सयभन्दा बढी नेपाली लाभान्वित भएको समेत दूतावासले जनाएको छ । उनीहरूलाई स्वदेश फर्किन दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो । अनुमानित ५० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतमा ८० प्रतिशत महिला कामदार छन् । कुवेत सरकारले भने औपचारिक रूपमा गएको दुई महिनाअघि ४० हजार कामदार रहेको जानकारी दिएको थियो ।

राजदूतका अनुसार ९५ प्रतिशत महिला कामदारहरू तेस्रो मुलुकबाट मानव तस्करको रूपमा कुवेत लगिएको छ । तस्करको रूपमा लगिएको धेरैजसो महिलाले बोकेको राहदानी समेत नक्कली छ । पौडेलले सेल्टरमा बाँकी रहेका महिलालाई कानुनी प्रक्रिया पूरा गरेर कमशः पठाउने बताए । 

Posted by: Shiva Paudel

Source: ekantipur

 

 

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.