मन कुमार गुरुङ, कुबेत
जीवनभर सँगै जिउँछु भन्थ्यौ
तिम्रो लाशको चिता बन्छु भन्थ्यौ
तर आज,
आधा सपना पुरा हुन नपाउँदै
आधा गोरेटोमै छुट्टिनु पर्दाको ब्यथा
तिमीलाई के थाहा, जती मलाई थाहा छ
हुलिया छ, ठेगाना छैन
जीउन चाहन्छु, साहारा छैन
बेटुङगोको बेसाहारा जीवन जीउन कती गाह्रो छ
तिमीलाई के थाहा, जती मलाई थाहा छ
बेदना नपोखेको हैन, पत्थरलाई नढोगेको हैन
तर सबै बैरो र आन्धो भएपछी
बिबश एक्लो जीवन पराइघरमा जीउनुको कथा
तिमीलाई के थाहा, जती मलाई थाहा छ ।
वियोगको वतास चलिरहेछ, अतितले बर्तमान कोट्याइरहेछ
म क्षितिज पारी तिमीलाई खोज्दैछु
तर कतै नपाउँदा निराशभै फेरी आशाको दीप जलाउँदै
आँशुको घुट्को पीउनुको यथार्थता
तिमीलाई के थाहा, जती मलाई थाहा छ ।
अनि,
वरिपरी मुढाहरु दन्किरहेको भएपनि
दैव देब्रे भएपनि सबै तिक्तता भुलेर
चीलाउनेको फेंदमा बसि, सुके लुतो कन्याउँदाको मज्जा
तिमीलाई के थाहा, जती मलाई थाहा छ !!
Posted by: Jay Ale
It is great man bro… Keep it up..