तमू समाज कुवेतद्वारा कलाकार भोज बहादुर गुरुङको भब्य स्वागत


“कुवेतवासी नेपालीहरुले दिएको माया र सदभावले  उत्साहित भएको छु -कलाकार गुरुङ”

ईन्द्र भूषाल, कुवेत

नेपाली चलचित्रलाई माया गरौ, विश्व बजारमा नेपाली चलचित्रहरुको बजार बिस्तार गरौ भन्ने नाराकासाथ आफुले अभिनय गरेको नेपाली कथानक चलचित्र साहसीको प्रिमियम शो सफल पार्न कुवेत आउनु भएका कलाकार एवं मुनाल फिल्म प्रा.ली. का सञ्चालक भोज बहादुर गुरुङको तमू समाज कुवेतले समाजका अध्यक्ष श्री अमर बहादुर तमूको निवासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी भब्यरुपमा स्वागत गरेको छ ।

तमू समाज कुवेतका महा-सचिव नबिन तमूले सञ्चालन गर्नु भएको उक्त स्वागत कार्यक्रममा अध्यक्ष अमर तमूको सभापतित्व रहेको थियो भने अतिथिहरुमा समाजका सल्लाहाकार श्री भिम तमू, सल्लाहाकार श्री मान बहादुर तमू, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी, क्लवका उपाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, क्लवका सचिव एवं कुवेतनेपालका सम्वाददाता ईन्द्र भूषाल र क्लवका कोषाध्यक्ष एवं कुवेतनेपालका सह-सम्पादक शिवराम पौडेल रहनु भएको थियो ।

तमू समाज कुवेतका सम्पूर्ण कार्यसमिती सदस्यहरु लगायत शुभचिन्तकहरुको ब्यापक उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै तमू समाज कुवेतका उपाध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका सल्लाहाकार खोप तमूले कलाकार भोज गुरुङलाई स्वागत गर्दै तमू समाज कुवेतले आफ्नो जातिको चलचित्र लगायत नेपाली चलचित्र जगतमा उहाँले पुर्‍याउनु भएको योगदानले तमू समाज गौरवान्वित रहेको चर्चा गर्दै सदा सफलताको कामना गर्नुभयो । यसैगरी स्वागत मन्तव्यकै क्रममा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका सचिव ईन्द्र भूषालले हामीले संस्थागत रुपमा औपचारिक स्वागत गर्ने अबसर नपाए पनी तमू समाजको कार्यक्रम मार्फत स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब एवं कुवेतनेपाल डट्कमको तर्फबाट प्रिमियम शो को पूर्ण सफलताको कामना गर्दछौं भन्नुभयो ।

जलपान सहित स्वादिष्ट भोजनको आयोजना गरिएको कलाकार स्वागत कार्यक्रममा तमू समाज कुवेतले कलाकार भोज बहादुर गुरुङलाई संस्थाको तर्फबाट सयुक्तरुपमा मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाएर भव्यताका साथ स्वागत गरेको छ भने अन्त्यमा कलाकार सँग सामुहिक रुपमा फोटो सेशन कार्यक्रम रहेको थियो ।

यसै अवसरमा कलाकार गुरुङसँग कुवेतनेपाल डट्कमले लिएको अन्तर्वार्ता हामीले छिट्टै प्रकाशित गर्नेछौ ।

Advertisements

3 responses to “तमू समाज कुवेतद्वारा कलाकार भोज बहादुर गुरुङको भब्य स्वागत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.