काठमाडौं, असार १८ (नागरिक)- पूर्वी टिमोरविरुद्ध ५ गोल गर्दै नेपाल विश्वकप फुटबल २०१४ को क्वालिफाइङ चरणबाट दोस्रो चरणमा पुगेको छ। दशरथ रंगशालामा खचाखच दर्शकलाई खुशी तुल्याउँदै नेपाली खेलाडीले गोलको वर्षा नै गरे। अनिल गुरुङ, जुमानु राई, भोलानाथ सिलवाल, जगजीत श्रेष्ठ र सुजल श्रेष्ठले गोल गरे।
जीतसँगै नेपाल पहिलो पल्ट विश्वकप छनोटको दोस्रो चरण प्रवेश गरेको छ। शनिबारको खेलमा पूर्वी टिमोरलाई बराबरीमा रोके मात्र नेपाल दोस्रो चरणमा पुग्ने स्थिति थियो तर नेपाली खेलाडीहरुले गोलको वर्षा नै गरे। ‘पहिलो हाफभन्दा दोस्रो हाफमा हाम्रा खेलाडीको प्रदर्शन राम्रो भयो,’ नेपालका प्रशिक्षक ग्राह्म रोबर्ट्सले भने- ‘उनीहरुले लय समातेर खेले।’
दोस्रो चरणमा नेपालको भिडन्त जोर्डनसँग हुनेछ। जोर्डन यसअघि नै २२ राष्ट्र सहभागी अर्को छनोट चरणमा बाई पाएर दोस्रो चरण प्रवेश गरिसकेको छ।
दोस्रो चरणको पहिलो लेगको खेल साउन ७ गते जोर्डनको राजधानी अमानस्थित २५ हजार दर्शक अटाउने अमान अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। साउन १२ गते हुने दोस्रो लेगको खेल कहाँ हुने, त्यो भने टुंगो लागेको छैन।
पहिलो चरणको छनोटअन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न पहिलो लेगको खेलमा १० खेलाडीमा सीमित नेपालले २-१ गोलले इस्ट टिमोरलाई हराएको थियो।
दरशथ रंगशालामा भएको खेलको नागरिकन्युजले लाइभ अपडेट गरेको थियो।
दशरथ रंगशालामा शनिबार देखिएको दर्शक।
दर्शकलाई हात दिँदै नेपाली खेलाडी।
पाँच गोल गरेका खेलाडीहरु।
इस्ट टिमोरलाई ५-० ले हराएपछि राष्ट्रिय झण्डा फहराएर खुसी मनाउँदै नेपाली खेलाडी।
Posted by: Narayan Nepal Source: Nagariknews
ati ramrro vo saharai khose kago