ईन्द्र भूषाल, कुवेत
कुवेतमा दूतावास स्थापना पछि नेपाली सँघ-संस्थाहरुको जन्म हुने क्रम तिव्र रुपमा जारी रहेको छ । हरेक हप्ता नयाँ संस्थाको जन्म भएको खबर नेपालीहरुले सुन्न पाएका छन । यसै क्रममा कुवेतमा फेरी अर्को नयाँ संस्थाको ०२ जुलाई २०११ का दिन, कुवेतको मुर्गाफस्थित होटल सोल्टीमा गठन भएको छ । जसको नाम खोटाङ कुवेत सम्पर्क मञ्च रहेको छ ।
खोटाङ जिल्लाबाट कुवेतमा आई रोजगार गर्ने खोटाङबासी नेपालीहरुको एक भेलाले महेन्द्र राईको अध्यक्षतामा २५ सदस्यिय तदर्श समिति गठन गरेको छ । कुवेतमा कार्यरत खोटाङ जिल्लाबासी नेपालीहरुलाई एकजुट बनाउँदै आपसमा मित्रता बढाउने, आपत-बिपतमा परेका खोटाङवासी नेपालीहरु र सबै प्रवासी नेपालीहरुलाई सकेको सहयोग गर्ने अनी खोटाङ जिल्लाको बिकासको लागि सबै एकजुट हुने उदेस्यले खोटाङ कुवेत सम्पर्क मञ्च गठन गरिएको तदर्थ समितिका अध्यक्ष श्री महेन्द्र राइले बताउनु भयो ।
करीब ४०/५० जना खोटाङबासी नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा कुवेतस्थित नेपाली दूतावासका दित्तिय सचिब श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा कुवेतनेपाल डटकमका सम्वाददाता एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सचिब ईन्द्र भूषाल र नेपालकुवेत डटकमका सम्पादक हरिकृष्ण न्यौपाने रहनु भएको थियो ।
प्रतिकुल मौसमको बाबजुत पनि उल्लेख्यरुपमा खोटाङबासी नेपालीहरु जम्मा भई आफ्नो जिल्ला लगायत समस्थ प्रवासी नेपालीहरुको सेवाको लागि कृयाशिल हुने जमर्को संस्थागत रुपमा गर्न खोजेकोमा आफु पनि एक खोटाङबासी भएकोले अतिनै खुशी लागेको भन्दै नव गठित तदर्थ समितिलाई के.डी. ५० आर्थिक सहयोग गर्ने नेपाली दूतावास कुवेतका दित्तिय सचिब श्री पुष्पराज भट्टराईले घोषणा गर्नु भयो ।
खोटाङ कुवेत सम्पर्क मञ्चको तदर्थ समितिमा निम्न पदाधिकारीहरुलाई चयन हुनु भएको छ ।
बरिष्ट सल्लाहाकार : चन्द्र कुमार तामाङ्
बरिष्ट सल्लाहाकार : उत्तर बहादुर राई
अध्यक्ष – महेन्द्र राई
उपाध्यक्ष(१) – मन्जित राई
उपाध्यक्ष(२) – पदमा राई
महा-सचिव – जित बहादुर खड्का
सचिव – रेवती भट्टराई
कोषाध्यक्ष – खड्क बहादुर कटुवाल
सह-कोषाध्यक्ष – गोबिन्द पोखरेल
सदस्यहरुमा : लीला राई, पन्चु राई, दिनेश श्रेष्ठ, कुमार नेपाली, मनकाजी राई, रामबाबु खड्का, लाल बहादुर गुरुङ, प्रदिप राई, बिष्णु भट्टराई, उमेश घिमिरे, सुजता खड्का, सुवास लम्साल, बागबिर राई, निर बहादुर राई, राजन क्षेत्री, केशव ढुंगाना, धन बहादुर राई, नबिन कार्की ।
ma lai dherai khusi lageko 6tapaiharuko lagansil ani majeritylai dekhara khotang jasto thau bata kuwaitma aayara pani aafno janmeko thauko maya ra mama talai kayam rakhnu dherai thulo pragaty ho bhanethadachhu go a head forever my soppot.
shyam prasad parajuli
okhaldhunga
ph 965 99140867
sparajuli2062@yahoo.com
kuwait
Badhai dina chahanchhu khotang basi pariwar harulai aafno janma ko ta kaslai maya hudaina ra aafno saslkriti ra paramparako pani tyatinai maya hunchha hami dherai khusi chhau uttar uttar pargati ko yehi kamana dina chahanchhau (laligurans culture group)