शिवराम पौडेल, कुवेत
साहस भएपछी कुनै पनि काम गर्न सकिने रहेछ यो वाक्यांशलाई कुवेतवासी नेपालीहरुको ईतिहासमा दुई युवाले पुरा गरेरै छाडेका छन । नेपाली कथानक चलचित्र सहसीको प्रिमियर शो को आयोजना अनी सम्पन्न गरेर । चलचित्रको नाम जस्तै ति साहसी युवाहरु हुन, नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं मेनपावर एशोसियसनका सदस्य अर्जुन तामाङ र तामाङ घेदुङ कुवेतका सदस्य तथा एक जमानाका पोखरामा चर्चित मार्सल आर्ट “उसो” खेलाडी टेक बहादुर तामाङ ।
नेपाली चलचित्रलाई माया गरौं, बिश्व बजारमा नेपाली चलचित्रको बजार बिस्तार गरौं भन्ने मुल नाराका साथ अष्ट्रेलिया, इङ्ल्याण्ड र हङकङ जस्ता नेपालीहरुको बाहुल्यता रहेको मुलुकहरुमा प्रिमियर शो सम्पन्न भईसकेको नेपाली कथानक चलचित्र साहसीको कुवेतमा पनि प्रिमियर शो मालियास्थित होटल एसिया-एसियामा हिजो ०१ जुलाई २०११ का दिन व्यापक कुवेतवासी नेपाली दर्शकहरुबीच सम्पन्न भएको छ ।
सह-नायकको भूमिकामा आफुद्वारा अभिनित चलचित्र साहसीको प्रिमियम सो को लागि कुवेतको नेपाली समाजमा सकृय रुपमा कृयाशिल युवाद्वय अर्जुन तामाङ र टेक बहादुर तामाङको आमन्त्रणामा कुवेत आईपुग्नु भएका नायक तथा मुनाल फिल्मस् प्रा.ली. का सञ्चालक श्री भोज बहादुर गुरुङको सकृयतामा उक्त प्रिमियर शो सम्पन्न भएको थियो ।
नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्य र दूतावास कर्मचारी श्री भुवन पौडेल एवं NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङको आतिथ्यता रहेको प्रिमियर शो मा उल्लेख्यरुपमा नेपालीहरुको उपस्थिती रहेको थियो भनें दूतावासका दित्तिय सचिव पुष्पराज भट्टराईले चलचित्र प्रदर्शनीको उद्घाटन गर्नु भएको भयो ।
कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुको धेरैजसो लगभग एउटै खालका कार्यक्रमहरु हेर्दै आएका रोजगारिको सिलसिलामा कुवेतमा रहेका नेपालीहरुले ३० बर्षको ईतिहासमा नेपाली चलचित्र विदेशमा भएर पनि ठुलो पर्दामा हेर्न पाउँदा खुशी व्यक्त गरेका छन ।
नेपालका चर्तित महानायक राजेश हमाल र नव-नायक भोज बहादुर गुरुङको मुख्य भूमिका रहेको उक्त चलचित्र साहसिमा नायिकाको भूमिकामा स्नेहा शर्मा रहेकी छिन भनें खलनायकमा सदाजसो सकारात्मक भूमिकामा देखा पर्नुहुने कलाकार गणेश उप्रेती रहनु भएको छ । प्रिमियर शो मा नायक भोज बहादुर गुरुङको प्रत्यक्ष उपस्थितिले पनि दर्शकहरुलाई थप मनोरञ्जन भएको महसुस गर्न सकिन्थ्यो ।
कुवेतमा नेपाली चलचित्रको पिरिमियम शो गरिनुको उदेश्यको ’boutमा जिज्ञासा राख्दा आयोजक द्वय अर्जुन तामाङ र टेक तामाङले कुवेतवासी नेपालीहरुलाई फरक किसिमको मनोरन्जन दिने र नेपाली चलचित्रलाई विश्व बजारमा व्यवसायिक रुपमा विस्तार गर्ने नाराकासाथ अगाडि बढ्नु भएका कलाकार भोज बहादुर गुरुङको कदममा आफुहरुले सहयोग पुर्याउने हेतुले पनि प्रिमियर शो को आयोजना गरिएको वहाँहरुले संक्षिप्त प्रतिकृया दिनु भएको छ । यसका साथै, आफ्नो यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सँघ-संस्थाहरु, साथीभाईहरु लगायत कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमलाई वहाँहरुले धन्यवाद दिंदै मुनाल फिल्मस प्रा.ली. को तर्फबाट दूतावास दित्तिय सचिव पुष्पराज भट्टराई, NRNA अध्यक्ष राजेन्द्र तामाङ र नायक स्वयं भोज बहादुर गुरुङ मार्फत कदर पत्र प्रदान समेत गरिएको थियो ।
कार्यक्रमस्थल केही झलकहरु पुन अपलोड गर्नेछौं:
GUD JOB VHAI TAKE RA ARJUN LAI JUNKI TAPAIHARUKO ATHAK PRAYASHKO FALSWARUP AKHIR NEPALI CHALCHITRA ”SAHASI”VABYATAKA SATHMA KUWAITWASI NEPALI HARUKO MAJHMA VABYA SAFALTAKO SATHMA PRATUT GARAUNU VAYO REALLY WE ENJOYED ALOT WE LEARN ALOT YAAR VHAI GREAT JOB ONCE AGAIN.YESARI AGAMI DINHARUMA PANI YESTAI NAYA KHALKA PROGRAM HJARULAI PASKADAI JANOS RA NEPALIKO MAN JITNUHOLA,AJHAI MAILE SUNEKOTHYIO KI TAKE VHAILEPANI KEHI NEPALI GEETHARUMA MODLING GARISAKNU VAYEKO RAHECHA AUNE DINMA TAKE VHAIKO AFNAI PROGRAM HERNA PAUN. GUD JOB TAKE N ARJUNJI AWSOM KIPIT UP.
GUD JOB VHAI TAKE RA ARJUN LAI JUNKI TAPAIHARUKO ATHAK PRAYASHKO FALSWARUP AKHIR NEPALI CHALCHITRA ”SAHASI”VABYATAKA SATHMA KUWAITWASI NEPALI HARUKO MAJHMA VABYA SAFALTAKO SATHMA PRATUT GARAUNU VAYO REALLY WE ENJOYED ALOT WE LEARN ALOT YAAR VHAI GREAT JOB ONCE AGAIN.YESARI AGAMI DINHARUMA PANI YESTAI NAYA KHALKA PROGRAM HJARULAI PASKADAI JANOS RA NEPALIKO MAN JITNUHOLA,AJHAI MAILE SUNEKOTHYIO KI TAKE VHAILEPANI KEHI NEPALI GEETHARUMA MODLING GARISAKNU VAYEKO RAHECHA AUNE DINMA TAKE VHAIKO AFNAI PROGRAM HERNA PAUN. GUD JOB TAKE N ARJUNJI AWSOM KIP IT UP…
Thx Tek bro n Arjun job weldone
Amar Tamu Kuwait
Congratulation mr take tamang & mr arjung tamang !!!!!!!!!!!!!!!