Daily Archives: 02/07/2011

मसँग जिरो फिगर बनाउने जादु छु – मेधा रघुनथन


मेधा रघुनथनलाई बहुमुखी प्रतिभाको धनीको रुपमा हेरिन्छ । उनले अभिनय गरेको तमिल फिल्महरु दर्शकहरुमाझ चर्चित छन् । एक सफल नायिकाको अलवा मेधाले फेसन संसारमा पनि आफ्नो हैकम कायमै राखेकी छिन् । उनलाई धेरैले कुशल टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा समेत चिन्दछन् । रमाइलोको कुरा के छ भने मेधालाई जिरो फिगर बनाउन मात्र हैन, यसलाई सेक्सी शैलीमा प्रस्तुत गर्ने जादु पनि छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

टिमोरविरुद्ध ५ गोलको वर्षा गर्दै नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा (फोटो फिचर)


काठमाडौं, असार १८ (नागरिक)- पूर्वी टिमोरविरुद्ध ५ गोल गर्दै नेपाल विश्वकप फुटबल २०१४ को क्वालिफाइङ चरणबाट दोस्रो चरणमा पुगेको छ। दशरथ रंगशालामा खचाखच दर्शकलाई खुशी तुल्याउँदै नेपाली खेलाडीले गोलको वर्षा नै गरे। अनिल गुरुङ, जुमानु राई, भोलानाथ सिलवाल, जगजीत श्रेष्ठ र सुजल श्रेष्ठले गोल गरे। पढ्नेक्रम जारी राख्नुहोस्

तिमीलाई के थाहा…!!


मन कुमार गुरुङ, कुबेत

जीवनभर सँगै जिउँछु भन्थ्यौ
तिम्रो लाशको चिता बन्छु भन्थ्यौ
तर आज,
आधा सपना पुरा हुन नपाउँदै
आधा गोरेटोमै छुट्टिनु पर्दाको ब्यथा
तिमीलाई के थाहा, जती मलाई थाहा छ
हुलिया छ, ठेगाना छैन पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा चलचित्र साहसीको प्रिमियर सो भव्यताका साथ सम्पन्न, कुवेतवासी नेपालीहरुको पहिलो अनुभव


शिवराम पौडेल, कुवेत

साहस भएपछी कुनै पनि काम गर्न सकिने रहेछ यो वाक्यांशलाई कुवेतवासी नेपालीहरुको ईतिहासमा दुई युवाले पुरा गरेरै छाडेका छन । नेपाली कथानक चलचित्र सहसीको प्रिमियर शो को आयोजना अनी सम्पन्न गरेर । चलचित्रको नाम जस्तै ति साहसी युवाहरु हुन, नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं मेनपावर एशोसियसनका सदस्य अर्जुन तामाङ र तामाङ घेदुङ कुवेतका सदस्य तथा एक जमानाका पोखरामा चर्चित मार्सल आर्ट “उसो” खेलाडी टेक बहादुर तामाङ । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतद्वारा कलाकार भोज बहादुर गुरुङको भब्य स्वागत


“कुवेतवासी नेपालीहरुले दिएको माया र सदभावले  उत्साहित भएको छु -कलाकार गुरुङ”

ईन्द्र भूषाल, कुवेत

नेपाली चलचित्रलाई माया गरौ, विश्व बजारमा नेपाली चलचित्रहरुको बजार बिस्तार गरौ भन्ने नाराकासाथ आफुले अभिनय गरेको नेपाली कथानक चलचित्र साहसीको प्रिमियम शो सफल पार्न कुवेत आउनु भएका कलाकार एवं मुनाल फिल्म प्रा.ली. का सञ्चालक भोज बहादुर गुरुङको तमू समाज कुवेतले समाजका अध्यक्ष श्री अमर बहादुर तमूको निवासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी भब्यरुपमा स्वागत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थलमा चेलीको लस्कर


होम कार्की/दिनेश रेग्मी
काठमाडौं/कतार, अषाढ १८ – बल्ल आइयो,’ लामो श्वास फेर्दै पोखराकी उजी तिमल्सिनाले भनिन्, ‘स्वदेश आइन्छ भन्ने लागेकै थिएन ।’ तिमल्सिनासहित ५९ जना महिलाले शुक्रबार साँझ आफ्नो भूमिमा पाइला राख्न पाउँदा खुसीको सीमा थिएन । उजीले सुनाइन्, ‘घर आउनका लागि ८ महिना लामो समय प्रतीक्षा गर्नुपर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत सम्पर्क मञ्चको गठन


ईन्द्र भूषाल, कुवेत  

कुवेतमा दूतावास स्थापना पछि नेपाली सँघ-संस्थाहरुको जन्म हुने क्रम तिव्र रुपमा जारी रहेको छ । हरेक हप्ता नयाँ संस्थाको जन्म भएको खबर नेपालीहरुले सुन्न पाएका छन । यसै क्रममा कुवेतमा फेरी अर्को नयाँ संस्थाको ०२ जुलाई २०११ का दिन, कुवेतको मुर्गाफस्थित होटल सोल्टीमा गठन भएको छ । जसको नाम खोटाङ कुवेत सम्पर्क मञ्च रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्