अषाढ १५ – बाराको डुमरवाना गाविस भवनमा बुधबार बिहान बेवारिशे अवस्थामा फेला परेको पाइप बम प्रहरीले निष्कृय पारेको छ । निस्कृय पारिएको सो बम भित्र जिलेटिन नरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जुन 2011
उदित नारायणको छोरो आदित्यको गालामा चड्कन
१४ असार । उदित नारायण झाको छोरो आदित्य नारायण झाले मुम्बईको एक रेस्टुरेन्टमा एउटा केटीलाई जिस्काएपछी चड्कन खाएका छन् । शुरूमा त उक्त केटीले आदित्यको जिस्काईलाई वास्ता गरेको थिईनन् तर अति नै भएपछी उनले आदित्यको गालामा चड्काएकी थिईन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
म’सँग केटाहरु डराउँछन्: रिदिमा दाहाल-मोडेल (फोटो फिचर)
नेपाली सिनेमाका विभिन्न कलाकारले उनलाई गुरु भन्दै ‘हुस’ गर्छन । हुन पनि उनले नायकहरु निरज बराल, यसराज, दिब्य बुढाथोकी, नायिकाहरु सुस्मा कार्की, उमा कार्की सहित थुप्रै कलाकारलाई फिल्म फाईट सिकाएकी छिन् । ‘वादोकाई करातेकी ब्लाक बेल्ट डन वान’ र उसुमा समेत निपूर्ण यी गुरु हुन रिदिमा दाहाल ‘किरण’ ।
सर्लाही लालबन्दीकी रिदिमा नायिका बन्नकै लागि आधा दशक अघि राजधानी छिरेकी हुँ भन्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
भीरबाट ट्रक खस्यो, दुईको मृत्यु
टेकनारायण भट्टराई, पाल्पा, असार १५- पाल्पा-गुल्मी सडक खण्ड अन्तर्गत जोर्तेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान करिव ८ बजे सो ट्रक भीरमा खसेको थियो। मुसलधारे पानी परेका कारण उद्दारका लागि प्रहरी घटनास्थल पुग्न ढिला भएको बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, नेपाल समाचार
बेलायतमा नेपालीमाथि सांघातिक हमला बढ्यो
नवीन पोखरेल
लन्डन, अषाढ १५ – -४ जुन साँझ टोटल्यान्डमा हतियारै प्रयोग गरी नेपाली र गोरा युवाबीच आक्रमण भएर तीन नेपाली युवा घाइते भए । घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । -३१ मे साँझ म्युनिसिपल गार्डेन्स्, अल्डरसटमा झन्डै २० गोरा युवाले एक नेपाली युवालाई मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेपछि ह्यामसायर प्रहरीले यसलाई ँजातीय भेदभावले प्रेरित अपराध’ भन्दै अनुसन्धान थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
अमेरिकी कंग्रेसको सदस्यमा नेपालीको उम्मेदवारी
अमेरिकी तल्लो सदन कंग्रेसको सदस्यका लागि एक नेपालीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको इन्द्रचोकमा जन्मिएका दर्शन रौनियारले डेमोक्रेटिक पार्टीका तर्फबाट वासिङगटन राज्यको सियाटल शहरको पहिलो कंग्रेसनल डिस्ट्रिक्टबाट उम्मेदवारी घोषणा गरेका हुन् । कंग्रेसमा उम्मेदवारी दिने पहिलो नेपाली हुन् । सन् २०१२ मा हुने निर्वाचनका लागि वासिङ्टन राज्यमा कंग्रेसनल डिस्ट्रिक्ट १० रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार