दिलु सुब्बा, कुवेत (आँशु कवी)
नेपालको माया मुटुमा बोकी संघर्ष गर्दैछु
गल्तिले प्रदेश लागेर आमा दिन रात रुंदैछु
ए डाँफे मुनाल, कस्तुरी मृग चाँडैनै आउँदैछु
बिरानो देशमा बसेर पनि तिम्रै गीत गाउँदैछु
झलझली मेरो आँखाको सामु हिमाली छायाँ छ
जहाँ गए पनी नेपाली म त नेपालकै माया छ
जन्मेको आँगन छाडेर आउँदा भक्कानो छुटेको
बिर्सेंको छैन आँसुको थोपा तपतपी खसेको
जुन रुंदै डुब्ला अस्ताउँदा पनि आएन भनेर
नरुई पर्खी बसेको छु म आउने दिन गनेर
ए भञ्ज्याङ्ग, पाखा, सुनखरी चाप चाँडैनै आउँदैछु
बिरानो देशमा बसेर पनि तिम्रै गीत गाउँदैछु
…तिम्रै गीत गाउँदैछु !!
Posted by: Jay Ale
really heart breaker your song thank you very much dil.
dai sachai ramro lagyo
saachi ramro chha la badhhai chha.
dherai ramro lagyo keep it up subba ji