‘सेक्सी भए एक्लो हुदैनथे’ – कट्रिना कैफ


हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भएकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् ।

‘म आफूलाई सेक्सी मान्दिन । यदि यो साचो भएको भए म अहिलेसम्म सिङ्गल (एक्लो) हुदैनथे ।साच्चै भन्दा दर्शकले मलाई सेक्सी मानेका हुन्,’ सर्वेक्षण नतिजामा प्रतिक्रिया दिदैं कट्रिनाले बताइन् । आफूलाई सुन्दरी र सेक्सी देख्ने दर्शकहरुलाई उनले हृदयदेखि धन्यवाद दिएकी छिन् । यस्तो सम्मानले खुसी लागेको भन्दै कटि्रनाले भनिन्, ‘५०वर्षपछि उक्त पत्रिकाको कभरमा जब मेरो तस्वीर देख्नेछु, म मेरो नाति-नातिनीलाई गर्वले भन्नेछु कि कुनै समयमा म पनि सेक्सी थिए।’

आजकल फिल्म पण्डितहरु कट्रिनालाई उत्कृष्ट बलिउड नायिकाहरुमध्येको एक मान्दछन् । यद्यपी कट्रिना यस्तो ‘नम्बर गेम’ मा विस्वास राख्दिनन् । ‘अहिले धेरै राम्रा फिल्महरु बनिरहेका छन् । हरेक कलाकारले सबै प्रोजेक्टमा काम गर्न त भ्याउने कुरै भएन,’ कट्रिनाले मुस्कुराउदै भनिन्, ‘सबैसग प्रशस्तै काम छ । त्यसैले प्रतिस्पर्धाको त प्रश्नै छैन ।’

Posted by: Narayan Nepal                                                                 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.