१५ असार, काठमाडौ । विश्व कप क्वालिफाइङ फुटवल प्रतियोगित अन्र्तगत प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले इष्ट टिमोर माथी दुइ एक गोल अन्तरको जीत दर्ता गराएको हो । खेलको पहिलो हाफमा नेपालले पाएको पेनाल्टी हान्ने अवसरलाई अनिल गुरुङले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्य गोल अन्तरले नेपाल अगाडी रहेपनि दोस्रो हाफ शुरु भए लगत्तै इष्ट टिमोरले गोल फर्काउन सफल भयो ।
टिमोरका फवार्ड कोरेइयाले पि्रुकिक मार्फत गोल गर्दै खेललाई एक एकको बरावरीमा ल्याएका थिए । दोस्रो हाफमा भरत खवास दुइ वटा पहेलो कार्ड खादैँ रातो कार्ड लिएर मैदानबाट बाहिरिएका थिए ।
१० जनामा सीमित रहेको नेपाली टिमले एक पछि अर्को प्रहार गरेको थियो । जसमा जुमानु राइले ७१ मिनेटमा आफुले पाएको अवसर गोलमा परिणत गरिदिएपछि नेपाल दुइ एक गोल अन्तरको जीत हात पार्न सफल भएको थियो ।
आफनो देशमा एउटा पनि अन्तराष्ट्रिय स्तरको रंगशाला नभएको इष्ट टिमोर वरियता क्रममा नेपाल भन्दा ५३ स्थान पछाडी छ । नेपाल १ सय ४७ औं स्थानमा छ ।
बर्षातका कारण मैदानमा खेलाडीहरुलाई खेल्न कठिनाइ भएको बताएका थिए । खुल्ला आकाश मुनी बसेर नेपालको सर्मथन गरिरहेका दर्शकहरु पानीमा रुझ्न बाध्य थिए ।
बर्षातका बावजुद दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको थियो । दोस्रँे लेगको खेल आगामी शनिवार हुनेछ । यो छनौट चरण पार गर्न सके नेपालले आगामी महिना जोर्डन विरुद्ध हुने अर्को चरणको खेलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ ।
Posted by: Narayan Nepal