अषाढ १५ – बाराको डुमरवाना गाविस भवनमा बुधबार बिहान बेवारिशे अवस्थामा फेला परेको पाइप बम प्रहरीले निष्कृय पारेको छ । निस्कृय पारिएको सो बम भित्र जिलेटिन नरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त बम भित्र साबुनको खोल, कागज लगायतको समाग्री फेला परेको प्रहरीले जनाएको छ । सो बम आतंकका लागि कसैले राखेको हुन सकने प्रहरीले अनुमान गरेको छ । बमको कारण बिहानै देखी त्यस क्षेत्रको जनजीवन आंतकित बनेको थियो ।
Posted by: Dambar Rimal Source: ekantipur