काठमाडौमा मोटरसाईकल चोरको विगविगी


मोटर साईकल चोरी भएको घटना अहिले काठमाडौमा सामान्य बनेको छ । चोरको गाँठो फुक्नुको सट्टा झन्झन् कसिदै गएको छ । प्रहरीले चोरी नियन्त्रणका लागि एक दाउ प्रयोग गर्दा चोरले तीन दाउ प्रयोग गरिसकेको हुन्छ । एकातिर प्रहरीले चोरी नियन्त्रणका लागि सक्रियता देखाएको देखिन्छ भने अर्कातिर चोरीका घटना अनियन्त्रित रुपमा सल्कदै गएको छ ।प्रहरीले हप्तै पिच्छे चोरीका मोटर साइकल सार्वजनिक गर्ने गरेको छ । तर अहिले सम्म एकाध घटना बाहेक चोरलाई भने समाउन सकेको छैन । पछिल्लो समयमा काठमाडौ उपत्यकामा मोटरसाईकल चोरको विगविगी बढेको छ ।

प्रहरी तथ्याङ्क हेर्ने हो भने चोरीका घटना झन्झन् बढिरहेका छन् । आर्थिक बर्ष २०६६÷६७ मा मात्र १९३८ वटा मोटरसाईकल हराएको प्रहरीमा निवेदन पुगेको थियो त्यसमध्य ७६१ वटा अनुसन्धानको लागि ल्याएर ४५८ वटा जिम्मा लगाएको प्रहरीले जनाएको छ । त्यो बर्ष ६२ जना मानिस कारवाहीको दायरामा पुगे । त्यसैगरी यो आर्थिक बर्षको अहिलेसम्म आइपुग्दा १४०४ वटा मोटरसाईकल हराएको निवेदन प्रहरीमा छ । त्यसमध्य ६४७ वटा मोटरसाईकल नियन्त्रणमा लिएर अनुसन्धानको लागि ल्याएकोमा ५८४ वटा धनीलाई जिम्मा लगाएको तथ्याङ्कले देखाउँछ । जसमा ३८ जना मानिस कारवाहीको दायरामा आए ।

बढ्दो सवारी साधनले राजधानी काठमाडौका सडक अस्तव्यस्त बनेका छन् । यही व्यस्ततामा पनि छिटो छरितो सवारी भनेर चिनिन्छ मोटरसाइकल । सा“च्चै नै छिटो छरितो सवारी भएर नै होला पछिल्लो समयमा मोटरसाइकलको प्रयोग धेरै भएको पाईन्छ, त्यो पनि देशव्यापी । अहिले काठमाडौं उपत्यकामा मात्र साढे चार लाखको हाराहारीमा मोटरसाइकल रहेका छन् । यसको प्रयोगस“गै चोरीका घटना पनि उत्तिकै बढेको छ । यसरी राजधानीबाट चोरी हुने गरेका प्राय मोटरसाइकलहरु राजधानी आसपासका बाहिरी जिल्लाहरुमा भेटिने गरेको अनुसन्धानमा देखिएको छ ।

मोटरसाइकल चोरीमा अहिले पत्याउनै कठिन हुने खालको अवस्था देखिन थालेको छ । पहिले पहिले राजधानीमा चोरी भएका मोटरसाइकल यहीं बेचबिखन हुन्थ्यो भने अहिले नम्बर प्लेट फेरेर दुर्गम पहाडी जिल्लामा चलाउन थालिएको छ । नियन्त्रणमा आउनुपर्ने यो समस्या झन् झन् चर्किदै गएको छ ।

ट्राफिक प्रहरीले चोरी नियन्त्रण रोक्न प्रयास त गरेको छ तर त्यो प्रयास पर्याप्त हुन सकेको छैन । खुल्ला सिमाना र सीमा सुरक्षकर्मीको चरम लापर्वाहीका कारण चोरीका सवारी साधन सजिलै नाका भित्रिने र बाहिरिने गरेका छन् ।

Posted by : Narayan Nepal                                        Source: vishwanews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.