१४ असार । उदित नारायण झाको छोरो आदित्य नारायण झाले मुम्बईको एक रेस्टुरेन्टमा एउटा केटीलाई जिस्काएपछी चड्कन खाएका छन् । शुरूमा त उक्त केटीले आदित्यको जिस्काईलाई वास्ता गरेको थिईनन् तर अति नै भएपछी उनले आदित्यको गालामा चड्काएकी थिईन । प्राप्त खबरका अनुसार आदित्य उक्त रेस्टुरामा नशाले चुर अवस्थामा रहेका थिए ।
तर उता आदित्यले यस्तो कुनै घट्ना नघटेको भनि सफाई दिएका छन् । उनका अनुसार कुनै केटीले उनलाई चड्कन हानेर त्यसै जान सक्लिन ? उक्त केटीले खाली प्रचार पाउनका लागि यस्तो बयान दिएकी हुनुपर्दछ । तर उनले उक्त केटीसंग राती रेस्टुरामा भनाभन भएको भने स्विकारेका थिए । यस अलावा उनले कैयन केटीहरू आफु नजिक आउने चाहाना गरेबाट पनि यस्ता सानातीना घट्ना घटि नै रहेने बताएका थिए ।
उनले अगाडी उनका आमा बुबाले केटीहरूसंग झगड़ा नगर्न सललाह समेत दिएको खुलासा पनि गरेका छन् । तर भरिभराउ रेस्टुरामा भएको यस घट्नाको साक्षीहरू भने तै चुप मै चुपको अवस्थामा देखिएका थिए । तर प्रत्यक्षदर्सीहरूका अनुसार आदित्यको प्रेमिका स्वेता समेत उपस्थित सो जमघटका समय आदित्यले उक्त केटीमाथी भद्दा टिप्पणी गरेपछी उक्त केटीले आदित्यको गालामा चड्काएकी थिईन ।
Posted by: Jay Ale