Daily Archives: 28/06/2011

चलचित्र साहसीको प्रिमियर-शो को लागि नायक भोज बहादुर गुरुङको कुवेत आगमन (फोटो फिचरसहित)


“नेपाली चलचित्रलाई माया गरौं, विश्व बजारमा नेपाली चलचित्रलाई बजार-बिस्तार गरौं भन्ने मुल उद्देश्यका साथ कुवेत आईपुगेको नायक भोज बहादुर गुरुङद्वारा धारणा व्यक्त”

जय आले, कुवेत

नेपाली समाज कुवेतमा सकृयरुपमा कृयाशिल युवाद्वय अर्जुन तामाङ र टेक बहादुर तामाङको व्यक्तिगत लगानिमा प्रस्तुत हुन गईरहेको, नेपाली फिल्मी जगतका महानायक राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र साहसीको “प्रिमियर-शो” को लागि सु-प्रख्यात नायक भोज बहादुर गुरुङको २७ जून २०११ का दिन, बेलुकीको ५.०० बजे गल्फ एयरको फ्लाईटबाट कुवेत आगमन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप छनोटमा नेपाल दोहोरो चोटीमा उपलब्धि


हिमेशरत्न वज्राचार्य
काठमाडौ, अषाढ १४ – सन् १९९० को विश्वकप छनोटमा नेपालले बेहोरेको हार कति पीडादायी बन्यो भने त्यसको चार वर्षपछि सहभागिताका लागि आँट जुटाउन सकेन । नतिजा एक पुस्ताका नेपाली फुटबल खेलाडी विश्वकप छनोटको अनुभव बटुल्नबाट वञ्चित रहे । सन् १९९८ को विश्वकप छनोटमा नेपाल फेरि सहभागी बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्

बदनाम नहोस् प्लस टु


दीपक दाहाल,

काठमाडौँ, असार १४- वैशाख १० गते प्रहरीले सुन्धारास्थित बेबिलोन डिस्कोबाट ५३ जना किशोरकिशोरीलाई पक्राउ गर्‍यो। गिरफ्तार भएका अधिकांश कलेजको पोसाकमा थिए। ०६६ चैतको पहिलो साता बेबिलोनबाटै रक्सी, चुरोट र लागू पदार्थको नशामा आपत्तिजनक अवस्थामा ३ सयको हाराहारीमा समातिए। उनीहरूका कारण प्लस टु पुस्तासँग जोडिएको एउटा पाटो उदांगियो। पढ्नेक्रम जारी राख्नुहोस्

तमिल चलचित्र अब नेपालीमा!


नेपालीमा डब गरिएको तामिल भाषाको चलचित्र मेरो मुटु चोरी लग्यो सोमबारबाट पूर्वका आठ स्थानबाट प्रदर्शनमा आएको छ । विदेशी भाषाको चलचित्रलाई नेपालीमा डब गरि प्रदर्शनमा ल्याइएको यो चलचित्रले युवापूस्ताको कथा समेटेको छ । नेपाली परिवेशका चलचित्र हेर्ने बानी परेका झापालीले तामिल फिल्मलाई आफ्नै भाषामा हेर्न पाउँदा रोमान्चित समेत भएका छन् । झापाको दमकस्थित पाथिभरा चित्र मन्दिर सहित अन्य आठ स्थानबाट चलचित्रको प्रदर्शन शुरु भएको छ । नेपाल म्याक्स र भारतको गोल्डेन मिडियाको संयूक्त प्रस्तुतिमा चलचित्र प्रदर्शनमा ल्याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मुनामदनः बिक्रीमा सधैँ अगाडि


 ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन !’

– भउचप्रसाद यादव

जस्ता अनेकौँ युगान्तकारी तथा कालजयी हरफहरू समेटिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाका अमर कृति ‘मुनामदन’ले नेपालका पुस्तक बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ । साझा प्रकाशनका प्रकाशन विभागका प्रमुख दामोदर कोइरालाका अनुसार हालसम्म ‘मुनामदन’को बिक्री पाँच लाख प्रति नाघिसकेको छ । साझा प्रकाशनले पछिल्लोपटक सो खण्डकाव्यको २५औँ संस्करण वि.सं. २०६५ मा एक लाख प्रति छापेको थियो । यसभन्दा अगाडि पनि साझा प्रकाशनले सो पुस्तकको २२औँ -वि.सं. २०५४) र २४औँ -वि.सं. २०५९) संस्करणमा पनि एक/एक लाख प्रति नै प्रकाशित गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्