Daily Archives: 27/06/2011

वीर बहादुरको व्यथा बुझ्ने वीर ´को´ होला ?


१३ असार, मकवानपुर जिल्लाको ठिगुंना गा.वि.स. वडा नं. ५ स्थायी घर भई हाल ललितपुर जिल्लाको बालकुमारी ८ स्थित डेरामा जीवन खोजिरहेका ४६ वर्षीय वीर बहादुर तामाङको जीवन कथा सुन्ने फुर्सद कसलाई होला र ? २०२२ सालमा जन्मिएका वीर बहादुर तामाङको थोरै मात्र पिठ्यूँ र सो भन्दा माथिको शरीरको भाग बाहेक दुबै खुट्टाको नाम निसाना केही छैन । परिवार पाल्ने उद्देश्यले २०४८ सालतिर रोजगारी खोज्दै हेटौंडाबाट काठमाडौं प्रवेश गरेका तामाङले सुरुमा राजधानी छिरेपछि गलैंचा बुन्न थाले । तर, दुःखको कुरा परिवारको पालनपोषण गर्ने बेला उनी आफैँ जीवन खोजीरहेका छन् यतिबेला । तीन छोरा र तीन छोरीका बुबा वीर बहादुर तामाङ एक पटक गाउँ (जन्मस्थान) जाँदा सामान्य ठेस लागेर लडेपछि उनको यो दुर्दशाका दिन सुरु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

चमक गुमाउ“दै छन् अम्बानी दाजुभाइ


भारतीय अर्बपतिद्वय अम्बानी दाजुभाइले आफ्नो स्थान पुनः बलियो बनाउने संघर्षमा लागिपरेका छन् । धिरुभाइ अम्बानीका छोराहरू मुकेश र अनिलले विभिन्न किसिमको सरकारी अनुसन्धानमा फसेका तथा लगानीकर्ताहरू शंकास्पद रूपमा प्रस्तुत भएपछि आ–आफ्नो चमक गुमाएका हुन् । सन् २००२ मा पिता धिरुभाइको देहावासनपछि मुकेश र अनिलले व्यावसायिक कारोबारको जिम्मा सम्हालेका थिए, तर दुई दाजुभाइबीचको आन्तरिक झगडाले अन्त्यमा आम्बानी समूहलाई दुई भागमा विभाजित गरिदियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कामदारको मागमा प्रभाव पर्ने


साउदी सरकारको रोजगारदाता वर्गीकरण नीति

वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई  भिसा जारी गर्ने नीति लिएको छ । यस्तो वर्गीकरण नीतिबाट नेपाली कामदारको मागमा प्रभाव पर्ने वैदेशिक रोजगार व्यवसायीको अनुमान छ ।  साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई भिसा जारी गर्ने नीति बनाएको म्यानपावर व्यवसायीले बताएका छन् । ब्लु जोन, ग्रीन जोन र रेड जोन गरी रोजगारदातालाई  तीन भागमा वर्गीकरण गर्ने नीति बनाई कार्यान्वयन गर्ने तयारी भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य तुलसीप्रसाद काप्री (गोविन्द)ले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

विवादित राज्य पुनःसंरचना २५ वटामा सहमति


काठमाडौ, अषाढ १३ – नयाँ संविधानमा रहेको राज्य पुनःसंरचना सम्बन्धि विवाद २५ वटामा झरेको छ । यसअघि ७८ वटा विवाद दलहरुबीच राज्य पुर्नसंरचना सम्बन्धमा विवाद कायम थियो ।नयाँ संविधान विवाद सम्बन्धि उपसमितिको बैठकले सोमबार राज्य पुनःसंरचना सम्बन्धि २५ वटामा झरेको औपचारिक निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्