तनहुँ, अषाढ – यस वर्षको एसएलसी परीक्षामा सहभागी ढोरफिर्दी ३ लालिमका १७ वर्षीय भिक्टोर पौडेलले अनिवार्य अंग्रजीमा ९९ अंक प्राप्त गरेका छन् ।जिल्लाको दुलेगौंडा ७ गाछेपानीस्थित वाल विद्या मन्दिर हाईयर सेकेण्डरी स्कुलवाट उनी एसएलसी परफक्षामा सहभागी थिए । उनको जन्म २०५१ साल असार ६ गते हो भने सिम्वोल नम्वर ०४२२९७४ ‘एस’ रहेको छ ।
उनले अंग्रेजीमा ९९ अंक आउनु सामान्य झै लागेपनि विभिन्न पत्रपत्रिकामा अंग्रेजी विषयमा ९८ अंक हाँसिल गरेकालाई नेपालकै प्रथम भनेर प्रचार गरिएपछि आफुले पनि ९९ अंक प्राप्त गरेको जानकारी गराउन चाहेको वताए । पढ्नेक्रम जारी राख्नुहोस्