Daily Archives: 25/06/2011

कुवेतमा नेपाली संस्थाहरुको बिकास एकताको लागि सम्भावना र चुनौतीहरु


ईन्द्र भूषाल, कुवेत

२००९ को अन्तिमतिर कुवेतको मालियामा पुग्दा आजको तुलनामा नेपालीहरु बिरलै देख्न सकिन्थ्यो । नेपाली हुँ भनेर परिचित भएपछी सदभाव र आत्मियता अनी प्रवासको एक्लोपनले गर्दा एक पटकको चिनाजानीले सामिप्यता बढाएको हुन्थ्यो । आज पनी २००९ तिरका मेरा साथीहरु निकट संपर्कमा हुनुहुन्छ तर समयले कोल्टे फेर्दै जाँदा आज जतीजती नेपालीहरुको बाहुल्यता बढेको छ त्यती नेपालीहरुको बिचमा आत्मियता कम हुँदै गएको अनी सम्मान र मिठासको मात्रा काम हुँदै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा 8D सिनेमाको मज्जा!!!


बिष्णु सुबेदी, पोखरा, २०६८ आषाढ ११, शनिवार

चलचित्रमा जे देख्दछौ त्यसकै अनुभव हुन्छ । चलचित्रमा रेल तथा जहाज चढ्दा त्यस्तै अनुभव हुन्छ । सर्प र किरा आउँदा उनिहरुले बेरेको अनुभव हुन्छ । गन्ध अनि बासना आएको जस्तै लाग्छ । धुवाँ आउँछ पानी परे झै हुन्छ भिजेको जस्तो लाग्छ । हावा हुरी चले झै लाग्छ । अझ भनौ चलचिमा जे जस्तो दृष्य देखिन्छ त्यो प्रत्यक्ष महशुस गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

उदाहरणीय इटहरी, रमिते झापा


सुनसरीको इटहरी नगरपालिका केहीबर्ष अघिसम्म फराकिला र चिल्ला सडकका लागि चर्चामा थियो । उतिबेला यहाँको हरियालीको पनि खुब तारिफ हुन्थ्यो । एकघर एकबिरुवा यस्तै अभियान चलाइएको थियो नगरभरी । कान्छोनगर भएर पनि इटहरीको साख भने पूर्वका दिग्गज र पुराना सहरको भन्दा बढी थियो । यस्लाई उँचो राख्न इटहरीवासीको प्रयासले काम गरेको हो । भौतिक पूर्वाधार विकासको क्षेत्रमा इटहरीले मारेको फड्को अचाक्ली राम्रो देखिएको छ । यहाँको कलासंग्रालय मानिएको काब्यवाटिकाको प्रचार राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि भयो । पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणमा नगरपालिकाले गरेको काम कम प्रशंसायोग्य थिएन् । यी र आदि यस्तै कुराले इटहरीले स्याबासी पाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वको सबैभन्दा गन्हाउने मान्छे !!


गर्मी मौसममा दिनमा कतिपटक नुहाउनु हुन्छ ? एकपटक, दुईपटक तर उत्तरभारतका कैलाश सिंह ३७ वर्षसम्म ननुहाएर विश्वको सबैभन्दा गन्हाउने मानिस बनेको दाबी गर्छन् । ३७ वर्षसम्म ननुहाएपछि गन्हाउने तै भैहाल्यो तर, कैलाश सिंह  भने आफू विश्वको सबैभन्दा गन्हाउने मानिस भएको दाबी गर्छन् । ६५ वर्षे सिंहले १९४७ देखि आफ्नो कपालसमेत काटेका छैनन् । बिहे गरेको केही समयपछि नै उनले नुहाउन छोडेका हुन् । एक पण्डितले ननुहाई, कपाल नकाटी बसेमा छोरा पाइन्छ भनेपछि यस्तो जीवनशैली अपनाएको सिंह बताउँछन् । तर, पण्डितले भनेको पुगेन । पढ्नेक्रम जारी राख्नुहोस्