करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे । मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा आत्महत्या गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/06/2011
किन हुन्छ प्रेम असफल ?
Posted in जीबनशैली, बिचार/बिमर्श
मलेसियामा अवैध कामदारलाई वैध हुन पाउने योजना
एक लाख नेपाली लाभान्वित हुने …..
विज्ञान अधिकारी, काठमाडौं, असार – मलेसिया सरकारले अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजना सार्वजनिक गरेको छ। मलेसियाले विदेशी कामदारको लागि ‘घर फर्क वा वैध होऊ’ योजना ल्याएको हो । मलेसियाका उपप्रधानमन्त्री मुहायद्दिन यासिनले बुधबार योजनाको घोषणा गरे । मलेसियामा रहेका १९ लाख अवैध विदेशी कामदारका लागि यो योजना ल्याएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
माओवादी सल्लाहकारमाथि खुकुरी
गौरीगन्ज (झापा), असार १०- एकीकृत नेकपा माआवादीको कोचिला राज्य समितिका सल्लाहकार भीम बस्नेतलाई आज बिहान एक समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। अनुहारमा गम्भीर चोट लागेका बस्नेतलाई नोबेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
‘पत्रकार आक्रमण गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छु’
शिव शर्मा
कास्की, अषाढ १० – प्रधानमन्त्री झलनाथ खनालले पत्रकार माथि आक्रमण गर्ने अपराधीलाई पक्राउ गरी कार्वाही गर्ने बताएका छन् ।’अपराधीलाई गिरफ्तार गरी कार्वाही गर्न निर्देशन दिएको छु’ पोखरा विमानस्थलमा शुक्रबार संचारकर्मिहरु संग कुरा गदै प्रधानमन्त्री खनालले भने- ‘फरार अपराधी पनि न्यायको कठघरामा आउने छ ।एमालेले अपराधी लुकाएको पत्रकारहरुको जिज्ञासामा खनालले अपराधीलाई राजनीतिकरण गर्न नहुने बताउँदै उनले अपराधी संरक्षण गर्न जो पनि अपराधी हुने प्रष्टाए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
के छ, के छैन – अंग्रेजी नाममा ?
– सिस्नुपानी
भन्छन्- ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् !’ नामका लागि मानिसहरू किन यतिसार्हो मरिहत्ते गर्छन् ? हाम्रो बुझाइ फरक-फरक हुनसक्छ। कसैलाई लाग्दो हो- ‘नाममा दाम छ, दाममा दम छ- त्यसैले, कदम कदममा ‘नाम’ राख्नु जरुरी छ।’ केही ठान्दा हुन्- ‘मान्छे मरे पनि ‘नाम’ जीवित रहन्छ, त्यसैले ‘नाम’लाई अमर राख्नका लागि ‘बदनाम’ हुनबाट बँच्नुपर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
कुवेतबाट ३२ सय कामदार फर्किए
मोहन गुरुङ/काठमाडौ, ९ असार
रोजगारीको खोजीमा कुवेत गएका नेपाली कामदारमध्ये पछिल्लो १६ महिनामा ३ हजार २ सय कामदार स्वदेश फर्किएका छन् । सम्झौताअनुसार तलब, भत्ता तथा सेवा–सुविधा नपाउने, बढी समय काम गर्नुपर्ने र साहुबाट कुटाइ खानेलगायतका समस्याबाट पीडित भई फर्कनुपरेको उनीहरूको भनाइ छ । यो संख्यामा वैधानिक र गैरकानुनी दुवै कामदार समावेश छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार