मोरङका नौवटा विद्यालयको एसएलसी परिणाम


विराटनगर, असार ९- यसपटकको एसएलसी परीक्षामा मोरङका नौवटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार एकजना पनि विद्यार्थी उत्तीर्ण नहुने विद्यालयहरुमा खुला र सामुदायिक विद्यालय परेका छन्।
महेन्द्र रात्रि मावि विराटनगर, महेन्द्र मावि वारङी, जनप्रिय मावि बविया, देवकोटा मावि मधुमल्ला, भोगटेनी मावि भोगटेनी र खुल्ला विद्यालयअन्तर्गत आदर्श विद्यालय विराटनगर, नरग्राम मावि टङ्की, मच्छिन्द्र मावि केराबारी र शिवशक्ति मावि सोराभागको नतिजा सून्य आएको होर

खुल्ला विद्यालय ८ कक्षाको परीक्षा उत्तीर्ण गरेर लामो समयसम्म एसएलसी नदिएका विद्यार्थीहरूलाई लक्ष्यित गरी सञ्चालन गर्ने गरिएको छ। यस्ता विद्यालयमध्ये चारवटा विद्यालयको नतिजा शून्य आएको हो।

त्यस्तै सरकारी विद्यालयको नतिजा २७ दसमलव ८९ प्रतिशत आएको जिल्ला शिक्षा कार्यालयका परीक्षा फाँटका प्रमुख शालिग्राम दाहालले बताउनुभयो। उहाँका अनुसार गतवर्ष ६८ दसमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। मोरङमा यसवर्ष निजी विद्यालयका झन्डै सात प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।

त्यस्तै प्राइभेटतर्फ २९ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन्। ४१० जनाले परीक्षा दिएकामा २९ जना उत्तीर्ण भएका हुन्। जिल्ला शिक्षा कार्यालयका अनुसार नतिजा कम आउनुको कारण खुल्न सकेको छैन।

जिल्ला शिक्षा कार्यालयमा यसवर्ष पनि केन्द्राध्यक्षको भागबन्डाका लागि निकै झगडा भएको थियो। यसवर्ष केन्द्राध्यक्ष र गार्डहरू पनि धेरै निष्कासित भएका थिए। यसपटक विकेभिएम, कोसी विद्या मन्दिर, एभरेष्ट बोर्डिङ स्कुल, स्टार बोर्डिङ स्कुललगायतले राम्रो नतिजा ल्याएका छन्।

Posted by: Shiva Paudel

Source: Nagarik

One response to “मोरङका नौवटा विद्यालयको एसएलसी परिणाम

  1. Sikchaak harule dherai ramro padhayeko kaaran ra bidhyarthi haruko ramro padhaile garda yaso natija bhognu pareko ho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.