९ असार, गोरखा । बुढेसकालमा बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखाको गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई जुत्ताको माला लगाई दिएर गाउँ निकाला गरेका छन् ।`
गोरखामा एमाले वरिष्ठ जिल्ला नेताको उपमा पाएका पाण्डेले साली नाता पर्ने जिल्लाकै मिरकोट गाविस विर्दी गाउँकी २६ वर्षीया सुशीला पाण्डेलाई कान्छी श्रीमतीका रुपमा भित्र्याएपछि गाउँलेले दुबै नवदम्पत्तिलाई गाउँ निकाला गरी खोला कटाएका हुन् ।
बानियाँकी जेठी श्रीमती भएको र पाण्डेको घरमा पनि श्रीमान हुँदाहुदै अर्को विवाह गरेकाले उनीहरुलाई गाउँ निकाला गरिएको स्थानीयले बताएका छन् । विगतमा गोरखा नगरपालिका-११ वडा अध्यक्षसमेत रहेर काम गिरसकेका बानियाँ एमालेको केपी ओली पक्षका मानिन्छन् ।
बानियाँकी जेठी श्रीमती मिनकुमारीले आफूलाई श्रीमानले पटकपटक मानसिक र शारीरिक यातना दिएको बताउनुभएको छ । दुई छोरा र एक छोरीका बाबु बानियाँका एक छोरा नेपाल आर्मीका बहालवाला मेजर छन् ।
Posted by: Jay Ale Source: Onlinekhabar
thik gare6han gaule jantale astai garnu par6 aba gaule janta chetanisil bhaa6han dherai ramro ?