Daily Archives: 23/06/2011

बहुविवाह गर्ने एमाले नेता गाउँबाट लखेटिए (फोटो फिचरसहित)


९ असार, गोरखा । बुढेसकालमा बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखाको गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई जुत्ताको माला लगाई दिएर गाउँ निकाला गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा कलगर्लको बिगबिगी


फेसबुकको प्रयोग पछिल्लो समय हृवात्तै बढेको छ । युवादेखि बृद्वसम्मको प्रिय साथी बनेको छ यो सोसल नेटवर्किङ साइट । नयाँ साथी बनाउने, मोडेल तथा नायिका छान्नेदेखि लिएर समाचार स्रोतको रुपमा समेत फेसबुकको प्रयोग हुन थालेको छ । हुँदाहुँदा अब कलगर्लहरुले (सेक्सवर्क) फेसबुकलाई आफ्नो ग्राहक खोज्ने माध्याम बनाएको खुलासा भएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार कलगर्लहरुले आफ्नो नग्न तथा अर्धनग्न तस्विरद्वारा धनाढ्य ग्राहकलाई आकषिर्त गर्ने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गाईको दूध चुस्ने पाठी


गाईले आफ्ना बाच्छा-बाच्छीलाई दूध खुवाउनु त सामान्य नै हो । तर, गाईले आफ्नो बाच्छीसँगै बाख्राको पाठीलाई पनि सँगसगै दूध खुवाउने गरेको दृश्य भने विरलै मात्र देख्न पाइन्छ । गोरखा जिल्लाको मनकामना गाविस-६, बनौतीका किसान रामबहादुर सिर्मलको गोठको गाईले बाच्छी र पाठी दुवैलाई एकैपटक दूध खुवाउँछ । पढ्नेक्रम जारी राख्नुहोस्

मोरङका नौवटा विद्यालयको एसएलसी परिणाम


विराटनगर, असार ९- यसपटकको एसएलसी परीक्षामा मोरङका नौवटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार एकजना पनि विद्यार्थी उत्तीर्ण नहुने विद्यालयहरुमा खुला र सामुदायिक विद्यालय परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

आतंकवादीको आरोपमा अफगानिस्तानमा नेपाली पक्राउ


सुबेल भण्डारी/काबुल (अफगानिस्तान), अषाढ ९ । आतंकवादी गतिविधिमा संलग्न आरोपमा अफगानिस्तानमा एक नेपाली पक्राउ परेको यहाँको जासुसी संस्थाले जनाएको छ । ४० वर्षीय तलकबहादुर (जसको थर उपलब्ध हुन सकेन) नेपालको भएको र उनलाई केही पाकिस्तानीसँग मिलेर आतंकवादी र जासुसी काममा संलग्न भएको आरोप लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बंगलादेशले नेपाललाई दुई बन्दरगाह प्रयोग गर्न दिने


काठमाडौ, अषाढ ९ – बंगलादेशले आफ्ना दुईवटा बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने विषयमा सहमति दिने संकेत दिएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई तेस्रो मुलुकसंग कारोवार गर्न मुङला र चाटगाउँ बन्दरगाह प्रयोग गर्न दिने’bout सहमति नजिक पुगेको बताएकी छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्