Daily Archives: 22/06/2011

नेपालमा जनगणनाको एक सय वर्ष


नेपालमा वि.सं. १९६८ (सन् १९११) मा पहिलो पटक संस्थागतरूपमा जनगणना भएको हो । अहिलेसम्म कुल १० पटक जनगणना भइसकेको छ । पछिल्लो जनगणना वि.सं. २०५८ सालमा भएको थियो । अहिले ११ औं राष्ट्रिय जनगणना यही २०६८ असार ३ देखि १३ गतेसम्म हुँदैछ । जनगणना ठूलो धनराशि खर्च हुने एउटा जटिल, निकै ठूलो र प्रमुख तथ्याङ्कीय गतिविधि भएका कारण विश्वका मुलुकहरूले कम्तीमा पाँच वा १० वर्षमा मात्र जनगणना लिने गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्

SLC मा सबैभन्दा बढी ९४.२५ % ल्याउने “अब्बल आकृति”


“आकृतिले एसएलसीमा सबैभन्दा बढी ९४.२५ प्रतिशत नम्बर ल्याएको खबर सार्वजनिक भएलगत्तै आकृतिलाई बधाई दिनेको मात्र लर्को छैन, आफ्नो कलेजमा पढ्नका निम्ति निमन्त्रणा दिने उपत्यकाका विभिन्न कलेजका जिम्मेवार व्यक्तिको पनि लहर छ”

भक्तपुर कटुन्जेस्थित ओम सेकेन्डरी स्कुलमा मंगलबार दिउँसो दुई बजेतिर पुग्दा ठूलो आवाजमा हालै प्रदर्शित हिन्दी चलचित्र ‘रेडी’को ‘ढिङ्काचिका-ढिङ्काचिका’ बोलको गीतमा विद्यार्थी तथा शिक्षक कम्मर मर्काई-मर्काई नाचिरहेका थिए । स्कुले ड्रेसमै निदारमा रातो अबिरसहित कम्मर मर्काइरहेका विद्यार्थी र शिक्षकको ओठमा चौंडा मुस्कान झल्किरहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्