Daily Archives: 20/06/2011

एसएलसी नतिजा प्रकाशित, गत वर्षभन्दा कम ५५.५५ उत्तीर्ण


रिजल्टको लागि निम्न वेवसाईटहरु भिजिट गर्नुहोस् !!

http://www.slcresult.soce.gov.np, http://www.slc.ntc.net.np
http://www. moe.gov.np र http://www.doe.gov.np

अनमोलमणि / मकर
भक्तपुर, अषाढ ७ । २०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फको यो नतिजा गत वर्षभन्दा ९ प्रतिशतले घटी हो । आंशिकतर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय परीक्षा समितिको सोमबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको अफिसियल भिडियो… हेर्न नभुल्नु होला !!


जय आले, कुवेत


कुवेतवासी नेपालीहरुबीच सन् १९९९ देखी निरन्तर रुपमा कृयाशिल रहेको कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको गरिमामय इतिहास बोकेका कृयाकलापहरुलाई समेटी क्लवका प्रचार-प्रसार बिभाग प्रमुख तथा फोटोग्राफर बिक्रम थापाले तयार पार्नु भएको भिडियो माथि राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

झुक्याउने मेसो


सुशील पौडेल
काठमाडौ, अषाढ ६ – सर्वमान्य नियम हो, हरेक उत्पादनको वर्गीकरण हुनु । नेपालमा पनि औद्योगिक उत्पादनको गुणस्तर नापजाँच गरिन्छ र उपभोक्तालाई ठगिनबाट जोगाउन गुणस्तरीय चिह्नको व्यवस्था गरिन्छ । हुन त कलालाई कुनै तराजुमा जोख्न मिल्दैन । यसलाई बुझ्ने सोचाइ, दृष्टिकोण र कलाको सुन्दरता उपभोक्ताको हेराइमा भर पर्छ भन्ने पनि छन् । हुन पनि आज उपेक्षा भएका कतिपय कलाकृतिले भोलिका दिनमा नसोचिएको महत्त्व पाउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीको रिजल्ट आज हुनसक्ने


दीपक दाहाल, काठमाडौँ, असार ६- यसपालिको एसएलसीको रिजल्ट आज प्रकाशित गर्ने गरी परीक्षा नियन्त्रण कार्यालय तयारीमा जुटेको कार्यालय स्रोतले जनाएको छ। ‘अपराह्नसम्ममा रिजल्ट प्रकाशन गर्ने तयारी छ,’ स्रोतले भन्यो। ‘परीक्षा समितिको बोर्ड बैठकका लागि सदस्यहरुलाई खबर पठाइसकिएको छ’, स्रोतले भन्यो। बोर्डको बैठकले अनुमोदन गरेपछि मात्र रिजल्ट सार्वजनिक हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

५ सय र हजार भारु प्रतिबन्ध तत्काल फुकुवा नहुने


बालकृष्ण ज्ञवाली, मुम्बई, असार ६- भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) का गभर्नर डी सुब्बाराओले नेपालमा ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारु) प्रचलनमा लगाएको प्रतिबन्ध तत्काल फुकुवा नहुने बताएका छन्। नेपाल हुँदै भारतमा ठूला दरका नक्कली नोटको कारोबार बढेको शंका गर्दै भारतले १० वर्षदेखि प्रतिबन्ध लगाएको छ। भारतीय प्रतिबन्धसँगै राष्ट्र बैंकले नेपालमा यस्ता दरका नोटको प्रचलनलाई अबैध घोषणा गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

उप-प्रधानमन्त्रीको कार्यक्रम पत्रकारद्वारा बहिस्कार


अजित तिवारी, विराटनगर, असार ६- उप-प्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले उदघाटन र भाषण गर्ने मोरङ व्यापार संघको कार्यक्रमलाई पत्रकारहरुले बहिस्कार गरेका छन्। पत्रकार महासंघ मोरङको आइतबार बसेको बैठकले एमालेको भ्रातृ संगठन युवा संघ र सरकारको समाचार बहिष्कार गर्ने निर्णय गरेको थियो। नागरिककर्मी खिलानाथ ढकालमाथि हत्या गर्ने उद्देश्यले आक्रमण गर्ने गिरोहका नाइके पर्शुराम बस्नेतलाई पक्राउ गर्न अक्षम रहेको आरोप लगाउँदै पत्रकारहरुले उनी उपस्थित कार्यक्रम बहिष्कार गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्