Daily Archives: 19/06/2011

‘हिरोइन बनाइदिन्छु भनेर यौनशोषण हुन्छ’- मोनिका दाहाल


उदयपुरको कटारीस्थितस्कुलमा पढ्दादेखि नै मानिका दाहाललाई गुरुहरुले समेत ‘हिरोइन’ भन्थे । जतिबेला उनलाई ‘हिरोइन’को अर्थसमेत थाहा थिएन् ।  त्यही अर्थलाई पहिल्याउने क्रममा मोनिका नव नायिकाको रुपमा रजतपटमा प्रबेश गरेकी छन् ।  हालै इन्ड क्लाप भएको फिल्म ‘नाईट क्वीन’बाट  ‘डेब्यु’ गरेकी उनी यतिबेला दोस्रो फिल्म ‘बडिगार्ड’को अभिनयका लागि तयारी गर्दैछिन् । ५.५ फिट उचाई, हिस्सी परेको मुहार अनि आर्कषक जिउडालकी धनी मोनिकालाई यतिबेला थुप्रै सिनेमाबाट नायिकाको प्रस्ताव आईरहेको छ । ‘तर अब राम्रो ब्यानरको सिनेमा छानेर मात्र कम गर्ने सुरमा छु ।’ उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको नयाँ कार्यकारिणी समिति


“वहाल अवधी : ०१ जुलाई २०११ देखी ३० जून २०१३ सम्म”

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ- कुवेतको मिति ०३ जून २०११ शुक्रवारको दिन बसेको अधिवेशन तथा वार्षिक साधारण-सभाले आ.ब. ०१ जुलाई २०११ देखी ३० जून २०१३ सम्मको लागि नयाँ कार्यकारिणी समितिमा निम्न पदाधिकारीहरुलाई निर्वाचित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्गजा सहयोग समाज यूएईको प्रथम अधिवेशन सम्पन्न, भूपति चुनिए अध्यक्षमा


१९ जुन २०११
विरही रिजाल, यूएई ।
हाम्रो स्याङ्गजा, हाम्रो गौरव भन्ने नारा लिएर स्याङ्गजा जिल्लाको चौतर्फी विकास गर्ने, विश्वभरि छरिएर रहेका स्याङ्गजाबासीहरुसँग सीधा सम्पर्क गर्ने र यूएईमा रहेका स्याङ्गजाबासीहरुको उद्धार गर्ने मुख्य उद्देश्य लिएर गठन गरिएको स्याङ्गजाली समाज, यूएईले आफ्नो छ महिने कार्यकालमा उल्लेखनीय कार्यहरु गर्दै स्याङ्गजा सहयोग समाज, यूएईको नामबाट १७ जुन २०११ का दिन दुबईको याक एण्ड यती रेष्टुरेण्टमा प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

यौनजन्य क्रियाकलाप नियन्त्रण संहिता कार्यान्वयन भएन


जितेन्द्र साह
काठमाडौं, अषाढ ५ – राजधानीको मुख्य पर्यटक बजार ठमेल र दरबारमार्गमा हुने यौनजन्य क्रियाकलाप नियन्त्रणका लागि बनाइएको आचारसंहिता महिना दिन बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयबाट पारित नगरिएकाले कार्यान्वयन हुन नसकेको हो । आचारसंहिताले मसाज पार्लरको आडमा हुने यौन व्यवसाय र ग्राहक ठगी नियन्त्रण हुने सरोकारवालाले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा पनि नपढेका सांसद !


नेपालमा संबिधानसभाबाट ठूलो संख्यामा लेखपढ गर्न नसक्ने र बिद्यालय शिक्षा पनि पुरा नगरेका सभासद् चुनिएपछि धेरैजसो पढालेखा एलिटहरुले नमिठो मुख पारेर भन्ने गर्थै-’यस्ता अनपढ सभासद्ले कस्तो संबिधान बनाउलान र खै ?’ यसरी उचित शिक्षा नलिने बिधायकहरु नेपालमा मात्र हैन बिश्वकै महाशक्ति अमेरिकामा पनि छन भन्दा तपाईलाई पत्यार नलाग्ला । तर, अमेरिकी राज्य अर्कान्सामा देशभरिका राज्य विधानसभामध्ये सबभन्दा धेरै विधायक कहिल्यै कलेज नगएका छन् । ‘ब्रोनिकल अफ हायर एजुकेशन’ नामक संस्थाले गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बजेट बैठक कांग्रेसद्वारा बहिष्कार


काठमाडौं, अषाढ ५ – सहमतिमै बजेट ल्याउने प्रयासस्वरुप उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आहृवान आइतबार बिहान बोलाइएको बैठक कांग्रेसले बहिष्कार गरेको छ ।प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा नै बजेट विषयमा छलफल हुने भएकाले अर्थमन्त्रीको बैठकको औचित्य नभएको भन्दै बहिष्कार गरेको कांग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरेले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्