Daily Archives: 18/06/2011

भुसभन्दा सस्तो मुल्यमा धान बेच्न बाध्य किसान


अघिल्लो बर्षको तुलनामा यस बर्ष झापामा चैते धानको मुल्यमा भारी गिरावट आएको छ । धानको उचित मुल्य नपाएपछि किसानहरु मारमा परेका छन् । चैत्रमा रोपिएका बिजी, चाइना मोटा, माला, चैत्रे चार लगायतका धानको भाउमा आएको गिरावटले किसानहरु समस्यामा परेका हुन् । ती जातका धान प्रतिमन (४० केजी) को ४ सय रुपैयाँ रहेको छ । अघिल्लो बर्ष ती जातका धानको मोल धान प्रति मन ५ सय देखि साढे ५ सय रुपैयाँ सम्ममा किनबेच भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विदेश पठाउनुअघि कामदारलाई सचेतना दिनु जरुरी


– सुवर्ण श्रेष्ठ, प्रबन्ध निर्देशक, मदिना इन्टरनेशन सर्भिसेज प्रा.लि, कुपन्डोल, ललितपुर

आफूजस्तै युवाहरू दिनहुँ बिदेसिएको उनी आफैंलाई मन पर्दैन, तर पनि मुलुकको विद्यमान अवस्थाप्रति वितृष्णा जगाउँदै युवाहरू विदेश जान खोजिरहन्छन् । देशमा रोजगारीको पर्याप्त सिर्जना नहुनु, बढ्दो महँगीका कारण दिनप्रतिदिन युवाहरू वैदेशिक रोजगारीका लागि बिदेसिएका हुन्छन् । उनीहरूलाई जानुअघि सम्बन्धित देशका ’boutमा जानकारी दिन र व्यवस्थित रूपमा पठाउने मदिना इन्टरनेसन सर्भिसेज प्रालिकी म्यानेजिङ डाइरेक्टर सुर्वण श्रेष्ठ आफ्नो जिम्मेवारी ठान्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्