Daily Archives: 16/06/2011

सफलताको रहस्य (स्वेट मार्डेन)


आफुलाई चाहिएको कुरा कसरी पाउने ?

एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन … तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् … के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

जलविद्युत आयोजनामा अब सेना परिचालन, रेलवे विभाग


 काठमाडौं, असार २ – सरकारले निर्माणाधिन जलविद्युत आयोजनाहरुको सुरक्षाको निम्ति अब नेपाली सेना परिचालन गर्ने भएको छ। दुई साता अघि निर्माणाधिन आयोजनाहरुको सुरक्षार्थ ससस्त्र प्रहरी परिचालन गर्ने निर्णय भएपनि त्यसले मात्र स्थिती नियन्त्रण हुन नसक्ने अवस्था आएपछि नेपाली सेनानै परिचालन गर्ने तयारी सरकारले गरेको हो।
पढ्नेक्रम जारी राख्नुहोस्

डिएसपी र फरार अभियुक्त घनिष्ठ


केपी ढुंगाना, काठमाडौं, असार २- मोरङका डिएसपी सहकुल थापा र फरार अभियुक्त पर्शुराम बस्नेतबीच विराटनगरमा अदालत र पत्रकार आक्रमणका बेला अत्यधिक टेलिफोन सम्पर्क हुने गरेको फेला परेको छ।उच्च स्रोतबाट प्राप्त पर्शुरामको टेलिफोन कल विवरणअनुसार पत्रकार खिलानाथ ढकालमाथि सांघातिक हमला गरेको दिन डिएसपी थापा र पर्शुरामबीच ६ पटक कुराकानी भएको पाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लडाकु व्यवस्थापनमा फेरि गतिरोध


सरोजराज अधिकारी

काठमाडौ, अषाढ २ – लडाकु समायोजन, पुनःस्थापना र हतियार व्यवस्थापन’bout दलहरूबीच गतिरोध सिर्जना भएको छ । माओवादी र कांग्रेस आ-आफ्नै अडानमा रहेपछि असार ५ सम्ममा तयार पार्ने भनिएको समायोजनको स्वरूप, मान्यता, प्रक्रिया, संख्या, पदीय मिलान, जिम्मेवारी र पुनःस्थापना तथा स्वैच्छिक अवकाशको प्याकेज बन्ने सम्भावना कम देखिएको हो ।’समायोजनाको मोडालिटी, नम्र्स, तह निर्धारण र पुनःस्थापना तथा स्वैच्छिक अवकाशको प्याकेजमा दल मिहिन ढंगले प्रवेश गरिसकेका छैनन्. पढ्नेक्रम जारी राख्नुहोस्

खगेन्द्र थापामगर’bout वृत्तचित्र दि स्याडो अफ माउन्ट एभरेष्ट


विश्वकै होचा व्यक्तिको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखिएका खगेन्द्र थापामगर’bout वृत्तचित्र दि स्याडो अफ माउन्ट एभरेष्ट (सगरमाथाको प्रतिविम्ब) निर्माण भएको छ। वृत्तचित्रमा बाग्लुङ जिल्लाको धुल्लुबास्कोटका थापामगरलाई मीनबहादुर रानाले पोखरा ल्याई पालनपोषण गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएको देखाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्