Daily Archives: 15/06/2011

कुवैतमा हराएका श्रीमानलाई खोजिदिन श्रीमतीको नेपालदेखी आग्रह


दिल पुन – ५५९०६२३३
नयाँ नेपाल युवा क्लब, कुवैत

मकवानपुर सुकौरा ६, का बासिन्दा श्री इमान सिङ् स्याङ्तान, कुवेतमा कार्यरत गत ३ महिनादेखि सम्पर्क बिहीन भएको नेपालदेखी उनका परिवार श्रीमती रमिता स्याङ्तान र दाजु साहिंला स्याङतानले बताएका छन । परिवार श्रोतका अनुसार, पहिला उनले आफु कुवैतमा घरको ड्राइभर भिसामा आएको र कुवेतीको घरमा काम गर्दै आएको जानकारी गराएका थिए, भनें पछी उनले आफु घरबाट भागेर बाहिर काम गर्दै गरेको जानकारी नेपालमा आफ्नो परिवारलाई गराएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

यो क्रोध हो घाइते कलमको…!!


राजन “कल्पित”

म हुँ घाइते कलम
म जे देख्छु त्यो लेख्छु
साँचो लेख्नु म मेरो कर्तब्य सम्झन्छु
म धम्किको भाषा बुझ्दिन
म कसैको दबाबमा झुटो लेख्दिन
त्यसैले त म बारबार अपहरण हुन्छु
म घाइते बन्छु अनि मेरो हत्या गरिन्छ पढ्नेक्रम जारी राख्नुहोस्

साइबर जानेले अनिबार्य परिचय-पत्र बोक्नु पर्ने


इन्टरनेट चलाउन साइबर क्याफे वा सूचना केन्द्र जाने गर्नुहुन्छ ? त्यस्तो हो भने अबदेखि आफ्नो परिचयपत्र बोक्न नभुल्नु होला । नत्र तपाईं इन्टरनेट चलाउन पाउनु हुनेछैन । नियामक निकाय दूरसञ्चार प्राधिकरणले तीन महिनाभित्र साइबर क्याफे वा सूचना केन्द्रलाई ग्राहकको परिचयपत्र हेरेर मात्र चलाउन दिन पाउने व्यवस्था गरेको छ । परिचयपत्र हेर्न र ग्राहकको सम्पूर्ण जानकारी राख्ने व्यवस्था लागू गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तस्करलाई थुनेर कारबाही गर्ने भन्सारको योजना


  चोरी पैठारी नियन्त्रण हुन नसकेपछि भन्सार विभागले सामान बरामदसँगै सम्बद्ध तस्करलाई पक्राउ गरी कारबाही गर्ने योजना बनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग मिलेर तस्कर पक्रने अभियान सञ्चालन गरिन लागेको हो ।

पढ्नेक्रम जारी राख्नुहोस्

६७ एसपीको सरुवा, रमेश खरेल पर्सामा


सुडान घोटालामा निलम्बितहरुको पनि सरुवा-
काठमाडौँ, असार १ –  नेपाल प्रहरीले ६७ जना प्रहरी उपरीक्षक (एसपी) लाई आजदेखि लागू हुने गरी सरुवा गरेको छ। रमेश खरेल महानगरीय प्रहरी परिसरबाट पर्सा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसरमा केदार रिजाललाई ल्याइएको छ।   खरेलको दरबन्दी महानगरीय प्रहरी परिसरमा भए पनि बढुवामा असन्तुष्टि जनाएपछि उनलाई प्रहरी तालिम केन्द्रमा काजमा पठाइएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

शताब्दीकै ठूलो खग्रास चन्द्रग्रहण आज


काठमाडौँ, असार १ – मुलुकको धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण आज मध्यरातबाट सुरु हुँदैछ। चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्