Daily Archives: 14/06/2011

ह्याप्पी बर्थ डे नम्रता !


नायिका नम्रता श्रेष्ठ आजबाट २६ बर्षमा प्रवेश गरेकी छिन् । बिस २०४३ साल जेष्ठ ३१ गते अर्थात आजकै दिन बाबु देबेन्द्र श्रेष्ठ र आमा बेला श्रेष्ठको कोखबाट धरानमा जन्मेकी नम्रताको जन्मदिन आज भएपनि उनले भोली मात्र आफ्नो जन्मदिन सेलिब्रेट गर्ने भएकी छिन् ।सानै उमेर देखि अभिनयमा रूचि रहेको बताउने नम्रताले कक्षा १ मा पढ्दै गर्दा संगिनी नामक भिडियो चलचित्रमा बालकलाकार भएर अभिनय गरेकी थिईन् । तत्कालिन समयका चर्चित नायक सरोज खनाल, नायिकाद्वय दिपा श्री निरौला र रूपा रानासँग बालकलाकारको रूपमा अभिनय गरेकी नम्रताले नायिका भएर अभिनय गरेको पहिलो चलचित्र भने ‘सानो संसार’ हो । जुन चलचित्रलाई आलोक नेम्वाङले निर्देशन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली सेनाका ३७ जना कारवाहीमा, २३ जना वर्खास्त


नेपाली सेनाले म्याग्दीको इन्द्रबक्स गणका सिपाहीँ रामबहादुर चौधरीको शारीरिक व्यायामका क्रममा लडेर भएको मृत्यु र सेनानी अरुणबहादुर सिहमाथि भएको हातपातमा संलग्न एक अधिकृत सहित ३७ जनालाई कारवाही गरेको छ । जस मध्ये २३ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

करिश्मा अब थ्रिडी फिल्ममा


भारतीय बलिउड उद्योगमा कुनै समय निकै नाम र दाम कमाएकी नायिका करिश्मा कपुर लामो समयपछि फेरि पर्दामा आउने भएकी छिन् । बिक्रम भट्टको अर्को थ्रिडी फिल्म ‘डेन्जरस इस्क’ मा करिश्मा अनुबन्धित भएकी हुन् । २००६ मा रिलिज भएको ‘मेरे जिवन साथी’ पछि करिश्माले झण्डै ५ वर्ष फिल्मी जीवनबाट ब्रेक लिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘माया गर्ने धेरै छन्’- लक्ष्मी क्षेत्री तामाङ


उनी ‘मिसेज नेपाल–२०११’की ‘मिसेज फोटो जेनिक’ हुन् । उमेरले २५ बसन्तमा छिन उनी । तर देख्नेहरु सबै उनलाई १७ वर्षकी भन्छन् । यिनी हुन् गायिका तथा मोडल लक्ष्मी क्षेत्री तामाङ । भारतको कोलकात्तामा जन्मेर उतै हुर्कीएकी उनको सपना थियो चर्चित गायिका बन्नु । सोही सपना साकार पार्न काठमाडौं आएकी उनी पछिल्लो पुस्तामाझ पप र आधुनिक गायिकाको रुपमा चर्चित छिन् ।
राहुल प्रधानको ‘राहुल एन्ड द रिदम’ ब्यान्डमा भोकलिस्ट रहेकी उनले आधा दशक अघि पप गीतिसँग्रह ‘एटेन्सन’ स्रोतामाझ ल्याएकी थिईन् । गायक श्रीमान बिकाश तामाङसँग मिलेर हालै बजारमा ल्याएको दोस्रो गीतिसँग्रह ‘अन द वे’का गीतबाट उनी अहिले चर्चामा छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

Nepal Airlines to start direct flights to Doha


Nepal Airlines Corporation (NAC) is starting Kathmandu-Doha-Kathmandu direct flight from September. “Apart from, direct flight to Doha, the airlines is also planning to start Kathmandu-Riyad or Kathmandu-Damam flights, whichever is financially more viable,” said spokesperson of the NAC captain OB Gurung. पढ्नेक्रम जारी राख्नुहोस्

सिभिल अपार्टमेन्ट्सको बुकिङ खुला


काठमाडौं, ३० जेठ, सिभिल होम्सले आफ्नो चौथो फेजअन्तर्गत सिभिल अपार्टमेन्ट्सको बुकिङ खुला गरेको छ । ललितपुरको धापाखेलमा निर्माण सम्पन्न अपार्टमेन्टको ब्लक ‘बी’का फ्ल्याट बुकिङ सोमबारदेखि खुला गरिएको सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्