Daily Archives: 13/06/2011

खोटाङ कुवेत सम्पर्क मञ्च गठन सम्बन्धी सूचना !!


नेपालीहरुको बढ्दो जन-घनत्वसँगै कुवेतमा बिभिन्न क्षेत्रका नेपाली सँघ-संस्थाहरुको तिब्रगतिमा स्थापना भईरहेको बेला फेरी अर्को नयाँ संस्था “खोटाङ कुवेत सम्पर्क मञ्च” खुल्न गईरहेको जानकारी गराईन्छ । श्रोतका अनुसार, आफ्नो मातृभूमी, जन्मेको जिल्ला अनी अध्ययन गरेको बिधालयलाई माया गरी संस्थागतरुपले सहयोग जुटाउने र प्रवासी जीबनमा आपसी मित्रता बलियो पार्ने उद्देश्यकासाथ यस संस्था “खोटाङ कुवेत सम्पर्क मञ्च” को गठन हुन गईरहेको जानकारी प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंमा ५० करोड लगानीमा तेस्रो भाटभटेनी सुपरमार्केट


तीन दशक अघि करिब ३५ हजार रुपैयाँ लगानी गरेर सुरु भएको भाटभटनी सुपरमार्केटले काठमाडौंको कोटेश्वरमा तेस्रो सुपर मार्केटको सञ्चालनमा ल्याएको छ । शनिबार देखि खुल्ला हुने यो सुपरस्टोरमा ५० करोड लगानी भएको प्रवन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी नतिजा असार १० भित्र, मूल प्रमाणपत्र स्कूलबाटै पाइने


रुबी रौनियार, काठमाडौं, जेठ ३०- यसपालिको एसएसली नतिजा असार १० भित्र प्रकाशन गर्ने तयारीमा परीक्षा नियन्त्रण कार्यालय जुटेको छ।  ४ लाख ९६ हजार २ सय ४३ परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणपछि काठमाडौं ल्याईसकेको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिए। उनले भने, ‘५० वटै परीक्षण केन्द्रबाट उत्तरपुस्तिका ल्याइसकिएको छ, असार १० भित्र नतिजा निकाल्ने तयारीमा छौं।’ पढ्नेक्रम जारी राख्नुहोस्

जहाँसुकै इन्टरनेट


लिलानाथ घिमिरे
काठमाडौ, जेष्ठ ३० – केही साताअघि सगरमाथा आरोहण गर्न गएका बेलायती नागरिक केन्टन कुलले चुचुरोमा पुगेर इन्टरनेटमार्फत टि्वट गरे । उनले टि्वटरमा लेखेका थिए, ‘पूरै संसारलाई ३६० डिग्रीको कोणमा म जसरी देखिरहेको छु, त्यसको रोमाञ्चलाई वर्णन गर्न म असमर्थ छु ।’ पढ्नेक्रम जारी राख्नुहोस्

दुई सातासम्म घाँसपात खाएर बाँचिन् जापानी महिला


गत महिना पदयात्रा गर्न रसुवा जानुअघि माकिको इवाफुचीलाई काठमाडौंमा साथीहरूले गाइड लैजान सुझाएका थिए । डेढ दशकदेखि एक्लै विभिन्न देशको भ्रमणमा जाने गरेकी जापान चिबाकी ४९ वर्षीया उनले ठाडै अस्वीकार गरिन् । एक्लै हिँडेकाले उनले ज्यानकै खतरा मोल्नु पर्‍यो । उनी यसपालि तेस्रोपल्ट नेपाल आएकी थिइन् । सन् १९९६ मा अन्नपूर्ण आधार शिविर र पढ्नेक्रम जारी राख्नुहोस्

‘राष्ट्रिय सहमतिको सरकारले मात्र शान्ति प्रक्रिया टुंगोमा’


चितवन, जेष्ठ ३० – मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका  अध्यक्ष विजयकुमार गच्छदारले नयाँ संविधान जारी हुनु  अघि शान्ति प्रक्रिया र सेना समायोजन पूरा हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बिना शान्ति प्रक्रिया टुंगोमा नपुग्ने दावी गर्दै गच्छदारले सहमतीय सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सरकारसँग आग्रह गरे । पढ्नेक्रम जारी राख्नुहोस्