Daily Archives: 09/06/2011

लाइभ शोको सबैभन्दा हट सिन


अहिले एमटीभी मूभी अवार्ड हलिउड नायक जस्टिन टिम्बरलेक र नायिका मिला कुनिसका कारण चर्चामा रहेको छ । अवार्ड समारोहमा एकअर्कालाई अनौठो तरिकाले पक्रिएपछि यी दुई सेलिबि्रटीले फ्यान, दर्शकलगायत अन्य ब्यक्तिहरुको ध्यान आफूतिर खिच्न सफल भएका हुन् । समारोहमा जष्टिनले मिलाको दुवै स्तन समातेर अंकमाल गरेका थिए भनें मिलाले जष्टिनको…  कैयौले यसलाई अहिलेसम्मकै ‘लाइभ शो’ को सबैभन्दा हट सिन भएको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तराष्ट्रिय फुटबलर रोनाल्डोको सन्यास


२६ जेठ, काठमाडौं । ब्राजिलियन स्टार फुटबलर रोनाल्डोले अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । बुधबार ब्राजिलका तर्फबाट रोमानियाविरुद्ध अन्तिम खेल खेल्दै रोनोल्डोले अन्तराष्ट्रिय करियरबाट सन्यास लिएका हुन् ।उनी खेलको अन्तिम १५ मिनेट मैदान उत्रिएका थिए । खेलमा गोल गर्ने अबसर पाए पनि उनले सदुपयोग गर्न भने सकेनन । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीमा हाउसमेड खुला


होम कार्की/काठमाडौ, जेष्ठ २६ । सरकारले खाडी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा घरेलु काम (हाउसमेड) मा जान महिला कामदारका लागि मापदण्ड तोकी खुला गरेको छ । कुवेतका लागि यसअघि नै मापदण्ड तय छ । ती मुलुकस्थित नेपाली दूतावासले बनाएर पठाएको मापदण्डलाई श्रममन्त्री मोहम्मद इस्तियाक राईले सोमबार स्वीकृत गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पारिजातको जीवनकथा


 – नरेन्द्रराज प्रसाई
पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् । पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भदौ १ गतेभित्रै संविधानको एकीकृत मस्यौदा तयार गरिने


 विवादित विषयका लागि तीन कार्यदल गठन-
काठमाडौँ, जेठ २६ -संविधान सभाको म्याद थपिएको दुई सातापछि आज बिहान बसेको संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिको बैठकले भदौ १ गतेभित्रै संविधानको एकीकृत मस्यौदा तयार गर्ने कार्यतालिका बनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

जन्ती बोकेको बस दुर्घटना, चार जनाको मृत्यु


चेतन अधिकारी/काठमाडौ, जेष्ठ २६ – झापाको जुरोपानी २ बुरीसिमलमा बुधबार राति जन्ती बोकेको वस पल्टदा चार जनाको मृत्यु भएको छ । कोहवरा चार बाट गएको जन्ती बस जुरोपानी- १ बाट बेहुली लिएर र्फकने क्रममा राति साढे ८ बजेतिर पल्टिएको थियो ।दुर्घटनामा कोहवरा ३ का २५ वर्षीय प्रेमसिंह ताजपुरिया,कोहवरा ५ का १८ वर्षीय राजु ताजपुरिया, कोहवरा ९ का  ५५ वर्षीय विश्वेश्वर शर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्