Daily Archives: 07/06/2011

भनेका छैनन् कसैले एनआरएनए’लाई हुनेखानेको संस्था भनेर !!


ईन्द्र भुषाल, कुवेत

विश्वभर सन्जाल फैलिदै गएको प्रवासी नेपालीहरुको साझा संस्था भनेर सबैको मुखबाट सुन्न पाइने संस्था एनआरएन को राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा संसारभर यसको क्षेत्रीयदेखी लिएर हरेक देशको अधिबेशन सम्पन्न हुँदै गएको समाचार हरेक दिन सुन्न पाईन्छ । निर्बाचनबाट नेत्रित्व छानिनेदेखी लिएर सर्बसम्मत तवरबाट पुरै कार्यसमिती छनौट पनि भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा तमू चलचित्र सैं (मन) प्रदर्शन


बुधबल तमू/बिल ब. तमू, दोहा

जुन ६ । ह्वाईट लोटस स्टुडियो प्रा.लि.को दोश्रो प्रस्तुती तमू भाषाको चलचित्र सैं (मन) गत जुन ३ शुक्रबारका दिन कतारमा प्रदर्शन भयो । तमू बौद्ध सेवा समिति कतारले दोहा स्थित टप फर्म रेष्टुरेण्टको हलमा प्रदर्शन गरेको सो चलचित्र हेर्न कतारमा कार्यरत तमु तथा गैर तमूहरुको उल्लेखनिय उपस्थिती थियो । तमू खेलकुद समितिका अध्यक्ष बुद्ध तमू र कार्यसमिति सदस्य कुमार तमूको विशेष पहलमा प्रदर्शन गरिएको उक्त चलचित्रका एक जना निर्माता भिम प्रसाद तमूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मजदुर सँघ कुवेतको अधिवेशनमा नेपालदेखी प्रतिनिधिहरु कुवेत आउने


“अधिवेशन जिलिव अल-शुवैखमा नभई कुवेतको मालियास्थित होटल कार्ल्टुन टावरमा हुने”  

जय आले, कुवेत

“संसारभरका मजदुर एक हौं” भन्ने मुल नाराकासाथ विश्वका बिभिन्न मुलुकहरुमा आफ्नो सञ्जाल फिंजाईसकेको मजदुरहरुको साझा संगठन कुवेत नगरीमा समेत ‘नेपालकुवेत मजदुर सँघ’को नामबाट केही महिना अगाडि गठन भईसकेको छ । यद्दपी, संस्थाको निरन्तरता एवं कुवेतवासी नेपालीबीच सकृयरुपमा सञ्चालित रहनको निम्ती यही आगामी १० जून २०११ शुक्रवारका दिन, यस संघको प्रथम अधिवेशन हुन गईरहेको सँघका संस्थापक संयोजक श्री कुमार झापालीले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रम स्वीकृति बिना नै ५० हजार बिदेशी नेपालमा कार्यरत


– मोहन गुरुङ

देशभित्र रोजगारी नपाएर लाखौं युवा बिदेसिइरहेका बेला ५० हजारभन्दा बढी विदेशीले नेपालमा श्रम स्वीकृति नलिएरै काम गरिरहेको पाइएपछि श्रम मन्त्रालयले कारबाहीको तयारी गरेको छ । मन्त्रालयले स्वीकृतिबिना काम गरिरहेका त्यस्ता गैरनेपाली कामदार र स्वीकृति नलिई काममा लगाउने संस्थालाई कारबाहीको दायरामा राखेको छ । गत मंसिरमा अनिवार्य श्रम स्वीकृति लिन सबै निकायलाई पत्राचार गरिए पनि त्यसको पालना नभएपछि कारबाही अगाडि बढाउन लागिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार करिब ६ हजार विदेशी कामदारले मात्र श्रम विभागबाट स्वीकृत लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पिपल्स फाइनान्स बन्द, कार्यकारी अध्यक्ष


सुदर्शन सापकोटा, काठमाडौं, जेठ २४- निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि काठमाडौंको महाबौद्धस्थित पिपल्स फाइनान्स कम्पनीले सोमबार कार्यालय बन्द गरेको छ। संस्थागत निक्षेपकर्ताले अवधि पुगेपछि नवीकरण नगरी निक्षेप झिकेर लगिदिएकाले फाइनान्सले सर्वसाधारणको पैसा फिर्ता गर्न नसकेको हो।  फाइनान्सले प्राविधिक कारणले कार्यालय बन्द गर्नुपरेको भन्दै पैसा फिर्ता गर्न नसकिने सूचना टाँसेको छ। चैतसम्मको वित्तीय अवस्था राम्रो देखिए पनि पछिल्लो समय तरलता अभावले गाँजेका कारण तत्काल पैसा फिर्ता गर्ने अवस्थामा कम्पनी छैन। पढ्नेक्रम जारी राख्नुहोस्

कानुन कार्यान्वयन हुन नदिन चुरोट कम्पनीको चलखेल


दीपक दाहाल, काठमाडौं, जेठ २४- संसदमा ६ वर्ष रोकिएर पारित भएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुन कार्यान्वयन हुन नदिन सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीले फेरि चलखेल थालेका छन्।  कम्पनीले कानुन कार्यान्वयन नगर्न दबाब दिँदै विस्तृत विवरणसहितको फाइल केही दिनअघि स्वास्थ्य मन्त्री शक्ति बस्नेतसमक्ष पेश गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले पुष्टि गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्