Daily Archives: 06/06/2011

पति-पत्नीको एकैचोटि देहान्त


लक्ष्मी साह,निजगढ, जेष्ठ २३ – स्वर्गवास हुनु प्रकृतिको स्वभाविक देन भएपनि पती-पत्नी सँगै स्वर्गवास भएको घटना प्रायः हेर्न/सुन्न पाईदैनन् ।पाए पनि दुर्घटना, प्राकृतिक प्रकोपमा मात्र हेर्न सुन्न पाइन्छ । कालगतिले प्रायः सुन्न पाईदैन् । तर सुन्नु त के सोमवार यहाँ एक दम्पत्तिको कालगतिले नै देहान्त भएको हेर्दा सबै स्तब्ध भए । पति – पत्नी एकैचोटि देहान्त होस् भन्ने धेरै दम्पत्तिले चाहना राख्छन् । यो चाहना विरलैको पुरा हुन्छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

शेष घलेको सम्पत्ति बढ्यो, सूचीमा तल झरे


 सिड्नी -अष्ट्रेलियामा ब्यबसाय गरिरहेका नेपाली नागरिक शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति २६ करोड ९० लाख अस्ट्रेलियन डलर रहेको बताइएको छ ।सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले सूचीमा केही तल झरेपनि सम्पत्ति भने बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीमा सुन्दरी सपना


– देवेन्द्र भट्टराई,

ललितपुरको लगनखेलमा रोज ब्युटी पार्लर थियो, रजनी ढुङ्गानाको । दुई वर्षभन्दा बढी त्यही पार्लरमा ब्युटिसियन काम गरेपछि रजनीका आँखामा एउटा सपना उत्रियो- विदेशिने सपना । सुन्दरतामा निखार ल्याउने यो पेसा साथैमा लिएर उनी खाडीको कतार, कुवेत वा कतै जान चाहिन् । कामको संयोग मिलेर उनी गत फेब्रुवरी महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्सको आजमान सहरमा पुगिन् । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा आदिवासी चलचित्र महोत्सव हुने


बुधबल गुरुङ, दोहा

जुन ६ । आगामी जुलाई २९ तारिख शुक्रबारका दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा कतारमा “नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०११” हुने भएको छ । महासंघले आगामी १७ औं विश्व आदिवासी दिवसको अवसर पारेर सो महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा आदिवासी जनजातिहरुको जातीय संस्कृतिमा आधारित निर्माण भएको जातीय संस्कृति झल्कने चलचित्रहरु मध्ये कृपा (गुरुङ), गोदेवा (तामाङ), आशे (मगर), पढ्नेक्रम जारी राख्नुहोस्

फर्क हे फर्क…!!


जितेन थिङ्, कुवेत

गाउँवेसीहरु तिमी बिना एक्लो भएक छन
उकाली ओरालीहरु सुक्सुकाईं रहेका छन
भञ्ज्याङ चौतारीहरु गहभरी आँशु बनाई बसेका छन
तिम्रै सुसेली र गुनगुनाहट्को आभास नपाएर
मादल, मुर्चुङ्गा र डम्फु आँशु बगाई रहेका छन
घाटु, सोरठी, तामाङ सेलो अनी धान नाच बिरानो भएका छन पढ्नेक्रम जारी राख्नुहोस्

ढिस्कोले पुरिएर तीनको मृत्यु


रौतहट, जेष्ठ २३ – माटोको ढिस्कोले परीएर रौतहटको बिश्रामपुर गाबिसमा सोमबार बिहान तिन जनाको मृत्यु भएको छ । ढिस्कोले पुरीएर तिनैजनाको घट्नास्थलमा मृत्यु भएको थियो ।  स्थानीय रमौली गाबिस-७ का ४२ वर्षीया मगनी राउत, १८ वर्षीय सेहरु राउत र १२ वर्षीय रामबिकेश राउतको बिश्रामपुर गाबिस-८ स्थित चाँदि खोलामा माटो लिन जादा बिहान ७ बजे ढिस्कोले पुरीएर मृत्यु भएको प्रहरी निरीक्षक जनक शाहिले जानकारी दिए पढ्नेक्रम जारी राख्नुहोस्