Daily Archives: 05/06/2011

दरबार हत्याकाण्डको अन्तिम खुलासा


दरबार हत्याकाण्ड’bout अनेकौं दाबीहरु भएपनि यसको कारण’bout भएको पछिल्लो खुलासा भने पत्यारिलो छ । उनीहरु सबैले गरेको खुलासा मिल्दोजुल्दो छ । के यही नै हो त हत्याकाण्डको अन्तिम खुलासा ? अब यो बाहेक अरु खुलासा हुन बाँकी केही कुरा छैन ? यसै सम्बन्धमा किशोर पन्थीले तयार पारेको विशेष रिपोर्ट:

दरबार हत्याकाण्ड एक दशकदेखि खुल्न नसकेको भयानक रहस्य हो । तर यही रहस्यका ’boutमा नामै नसुनेका व्यक्तिदेखि प्रधानमन्त्री भएका व्यक्तिले समेत अन्टसन्ट बोलेर चर्चा कमाउँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘शारीरिक शोषणमा परेकी छैन’ – सँगीता यादव


उनी पर्दामा निकै छुच्ची रुपमा प्रस्तुत हुन्छिन् । हाँस्य टेलीफिल्म तितोसत्यमा निर्वाह गरेको मधेसी महिला सभासद्को भूमिकामा कम्ता छुच्ची देखिएकी छैनन् । तर बास्तविक जीवनमा उनीको मन कोमल छ । पछिल्लो समय हाँस्य भूमिकाका कारण चर्चामा आएकी यी अभिनेत्री हुन सँगीता यादब । बिराटनगर-११ मधुमाराकी सँगीता पछिल्लो सयम विभिन्न भूमिकाका कारण चर्चामा छिन् । तथापि उनलाई तितोसत्यको महिला सभासद्को भूमिकाले अहिले निकै चर्चित बनाएको छ । उमेरले २२ बसन्तमा यात्रारत उनी कलाकार बन्नकै लागि बिराटनगरबाट राजधानी छिरेकी रहिछन्, ‘कलाकार बन्न निकै हन्डर खाईयो । तर दिपाश्री निरौला दिदीको सहयोगले आज तितोसत्य मार्फत चर्चित बन्न पाएकोमा खुसी छु ।’ उनले गँभिर भावमा भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीन पूर्वआइजिपीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा तयार


काठमाडौं, जेठ २२ -सुडान घोटालामा तीन पूर्वप्रहरी प्रमुखसहित १४ भन्दा बढीको संलग्नता रहेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र तयार पारेको छ। सुडानको डार्फर मिसनमा खटिएका प्रहरीका लागि सुरक्षा र हतियार खरिदमा ३४ करोड भ्रष्टाचार भएको ठहरसहित आयोगले विशेष अदालतमा आइतबारै मुद्दा दर्ता गर्ने गरी तयारी सकेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

लडाकु शिविर फर्कन सुरु, बिदाइ गर्दा दाहाल भावुक


गंगा बीसी ,काठमाडौ, जेष्ठ २२ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा रहेका लडाकुलाई आइतबार बिदाइ गरेका छन् । उनको निवास नयाँ बजारमा भएको एक कार्यक्रममा आफ्नो सुरक्षामा बिशेष सतर्कता अपनाएकोमा बिशेष धन्यवाद दिंदै बिदाइ गरेका हुन् । ‘अहिलेसम्म बिशेष सुरक्षा दिनुभएकोमा म सबैलाई बिशेष धन्यवाद दिन चाहन्छु’ दाहालको भनाइ थियो, ‘म पुनः आ–आफ्नो कार्यक्षेत्रमा फर्कने जनमुक्ति सेनाका सदस्यको प्रगतिको कामना गर्दछु ।’ पढ्नेक्रम जारी राख्नुहोस्

साढे दुई वर्षीय बालकद्धारा प्याराग्लाइडिङमा कीर्तिमान


कास्की, जेष्ठ २२ – एक साढे दुई वर्षीय बालकले  प्याराग्लाइडिङ उडेर नयाँ कीर्तिमानी सहास  कायम गरेका छन् । चावाहिल काडमाडौंका  शालिन थापाले सानै उमेरमा सहासका साथ प्याराग्लाइडिङमा उडेर आइतबार बिहान पोखरामा नयाँ कीर्तिमान राखेका हुन् ।ठूला मानिसहरु समेत प्याराग्लाइडिङमा उडन मुटु कमाउनु पर्ने अवस्थामा उनी  सराङकोट प्याराग्लाइडिङका पाइलट घनश्याम गौतमसंगै उडेर सहास देखाएका हुन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा ‘नेपाली जन प्रगतिशील मञ्च कुवेत’को गठन


जय आले, कुवेत

गत ०३ जून २०११ शुक्रवारको दिन, कुवेतको जिलिव अल-शुवैखस्थित एक सभा कक्षमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत माओबादी निकटष्थ माओबादी पार्टीको भातृ संगठनको रुपमा संसारका बिभिन्न मुलुकहरुमा सञ्चालित रहेको जन-सम्पर्क समिति कुवेतमा पनि “नेपाली जन प्रगतिशील मञ्च कुवेत” को नामले गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्