भएन दरवार हत्याकाण्डको छानविन, प्रमाणहरु नष्ट गरिदै


एउटा कालो शुक्रबार । २०५८ साल जेठ १९ गतेको शुक्रबार । यो कालो शुक्रबारका अहिलेसम्म एउटा रहस्यमय शुक्रबारका रुपमा नै रहेको छ । जसको ’boutमा अहिलेसम्म छानविन गरिएको छैन । बरु हत्याकाण्डका प्रमाण एकपछि अर्को गर्दै नष्ट गरिदै छ, एक रिपोर्ट ।

दरवार हत्याकाण्ड एक दशकदेखि खुल्न नसकेको भयानक रहस्य हो । तर यहीं रहस्यका ’boutमा नामै नसुनेका व्यक्तिदेखि प्रधानमन्त्री भएका व्यक्तिले समेत अन्टसन्ट बोलेर चर्चा कमाउदै आएका छन् । कसैले खुलासा भन्दै नयां नयां कुरा बोलेका छन् । कसैले किताबै लेखेका छन् । हत्याकाण्डलाई ग्रयाण्ड डिजाइन बताउने र यसको खुलासा गर्ने बताउने गिरिजाप्रसाद कोइराला मरेर गए । जीवित छउन्जेल केही बताएनन् , मरेपछि बताउन आत्मा आएको छैन ।

दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकार बर्खास्त गरिदिए । असोज १८ को घटनापछि  सबै राजनीतिक दलहरु आन्दोलनमा होमिए ।  कांग्रेस पनि अँन्दोलनमा होमियो । प्रतिगमनबिरुद्धको आन्दोलन चुलिदै जांदा गिरिजाप्रसाद कोइरालाले हत्याकाण्ड भयानक ग्रयाण्ड डिजाइन अन्तरगत भएको भन्दै पर्दाफास गर्ने धम्की दिन्थे । तर कोइराला केही नबोली बिते ।

हुन त हत्याकाण्डका बेलामा प्रधानमन्त्री भएका कोइराला हत्याकाण्ड’bout धेरै जानकार अवश्य थिए । तर कोइरालाले मुखै खोलेनन् । दरवार हत्याकाण्ड लगत्तै छानविन नगरिएको पनि होइन । तत्कालिन प्रधानन्यायाधिसको अध्यक्षतामा छानविन समिति गठन पनि गरियो । समितिले प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । तर जनताले स्वीकारेनन् ।

दरबार हत्याकाण्डपछि राजनीतिक दलहरुले पनि बारम्बार हत्याकाण्डको छानविन गर्ने प्रतिबद्धता जनाए । तर दश वर्ष वितिसक्दा पनि उनीहरुले माखो मारेका छैनन् । दोश्रो जनआन्दोलनका बेलामा पनि राजनीतिक दलहरुले छानविन गर्ने बताएका थिए । तर त्यो केबल राजनीतिक नारा मात्र बन्यो ।  माओवादीको नेतृत्वमा सरकार बन्दा पनि माओवादीहरुले हत्याकाण्डको छानविन गर्ने घोषणा गरे । तर सरकारमा हुन्जेल माओवादीले पनि छानविनको पहल गरेन । त्यसपछि प्रधानमन्त्री भएका माधवकुमार नेपालले पनि हत्याकाण्डको छानविन गर्ने प्रतिबद्धता जनाए । तर उनको सरकार पनि माखो नमारी ढल्यो ।

छानविन भएको छैन । बरु हत्याकाण्डका प्रमाण एकपछि अर्को गर्दै नष्ट गरिदै छ । हत्याकाण्ड भएको त्रिभुवन सदन जनआन्दोलन चल्दै गर्दा ज्ञानेन्द्र नै भत्काउन लगाएका थिए । दीपेन्द्र गोली लागी ढलेको पोखरी पनि एकपटक पुरेर जिर्णोद्दार गरिएको छ ।  तर पनि भरपर्दो छानविन भएमा सत्य अझै पनि उजागर हुनसक्छ । ’cause साक्षीहरु अझै पनि बांकी छन् । अन्यथा यो सधै रहस्यमय शुक्र’bout कालो इतिहासमात्रै बनिरहनेछ ।

Posted By: Narayan Nepal                                          Source: vishwanews

One response to “भएन दरवार हत्याकाण्डको छानविन, प्रमाणहरु नष्ट गरिदै

  1. NEPAL MA KUN CHAHI TESTO DAM BHAYA NETA CHHARA SABAI KURSIKO LAGI LUCHACHURI GARNE NETA LE KE DARBAR HATYA KANDAKO CHHANBIN GARNE KURSI PAUCHHU KI PAUDINNA BHANNE CHINTA CHHA JAYA NEPAL KA NETA JI

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.