Daily Archives: 02/06/2011

भएन दरवार हत्याकाण्डको छानविन, प्रमाणहरु नष्ट गरिदै


एउटा कालो शुक्रबार । २०५८ साल जेठ १९ गतेको शुक्रबार । यो कालो शुक्रबारका अहिलेसम्म एउटा रहस्यमय शुक्रबारका रुपमा नै रहेको छ । जसको ’boutमा अहिलेसम्म छानविन गरिएको छैन । बरु हत्याकाण्डका प्रमाण एकपछि अर्को गर्दै नष्ट गरिदै छ, एक रिपोर्ट ।

दरवार हत्याकाण्ड एक दशकदेखि खुल्न नसकेको भयानक रहस्य हो । तर यहीं रहस्यका ’boutमा नामै नसुनेका व्यक्तिदेखि प्रधानमन्त्री भएका व्यक्तिले समेत अन्टसन्ट बोलेर चर्चा कमाउदै आएका छन् । कसैले खुलासा भन्दै नयां नयां कुरा बोलेका छन् । कसैले किताबै लेखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कलाकार अविनाश घिसिङ् नेपाल फर्के, तामाङ् घेदुङ् कुवेतले भव्य विदाइ गर्‍यो (फोटो फिचरसहित)


जय आले, कुवेत

गत २७ मे २०११ को दिन, २५५५ औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको साँस्कृतिक तथा पाठपूजा कार्यक्रममा बिशेष अतिथी कलाकारको रुपमा नेपालदेखी आउनु भएका चर्चित पप गायक/कलाकार अविनाश घिसिङलाई आज कुवेत एअरपोर्टमा दोसल्ला ओढाई भव्यरुपमा विदाई गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दोहोरो सुरक्षा हटाउने निर्णय


  वैद्य र गजुरेलको ‘नोट अफ डिसेन्ट’ –
उजिर मगर, काठमाडौं, जेठ १९ – संविधानसभा म्याद थपिएको चार दिनपछि एकीकृत माओवादीले पार्टी नेताको सुरक्षाबाट लडाकुलाई हटाउने निर्णय गरेको छ। म्याद थप्ने वार्ता क्रममा अरू दलसँग भएको सहमतिअनुसार विश्वासको वातावरण बनाउन पदाधिकारी बैठकले बुधबार त्यस्तो निर्णय गरेको हो। पाँच वर्षदेखि माओवादी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यको सुरक्षामा खटिएका लडाकु र हतियार अब शिविर पठाइने छ। पढ्नेक्रम जारी राख्नुहोस्

बेलायती मानव अधिकार कमिटीद्वारा अग्नि सापकोटालाई कारबाहीको माग


 काठमाडौं, जेठ १९ – बेलायतस्थित बार ह्युमन राइर्टस् कमिटी अफ इंग्ल्यान्ड र वेल्सले मानव अधिकार उल्लंघनमा मुछिएका संचारमन्त्री तथा एकीकृत माओवादीका नेता अग्नी सापकोटालाई कारबाही गर्न माग गरेको छ। बार ह्युमन राइर्टस कमिटिका अध्यक्ष मार्क मुलरले प्रधानमन्त्री झलनाथ खनाललाई खुल्ला पत्र लेखी काभ्रेका अर्जुन लामाको हत्यामा संचारमन्त्री तथा एकिकृत माओवादीका नेता सापकोटाको संलग्नताप्रति गम्भीर आपत्ति प्रकट गरेको हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

पाँच बुँदे सहमति कार्यान्वयन’bout खनाल-दाहाल छलफल


काठमाडौं, जेष्ठ १९ – प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सहमति कार्यान्यवन लगायतका विषयमा विभिन्न दलबाट आएका फरक-फरक धारणामा छलफल केन्द्रीत थियो । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमानको विषयमा विवादास्पद समाचार आउँदा दुःख लाग्छ


“हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमानले मदिरा नखाओस् भन्ने चाहन्छन्, म पनि त्यही चाहन्छु”

– पूर्वयुवराज्ञी हिमानी शाह

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले नयाँ पत्रिकालाई जीवनकै पहिलो अन्तर्वार्ता दिएकी छन् । अन्तर्वार्तामा उनले श्रीमान् पारस’bout मिडियामा नकारात्मक समाचार आउँदा दुःख लाग्ने गरेको बताएकी छन् । मिडियाले सत्यतथ्य नबुझी समाचार बनाउने गरेको उनको आरोप छ ।

उनले श्रीमान्ले मदिरा सेवन गर्न छाडे हुन्थ्यो भन्ने चाहना पनि खुलस्त पारेकी छन् । ‘हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमान्ले मदिरा नखाओस् भन्ने चाहन्छन्, म पनि त्यही चाहन्छु,’ उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्