Daily Archives: 01/06/2011

कलाकार घिसिङ्लाई रात्री भोजको आयोजना गरिन नेपाली चेली किरण आले’ले


“कुवेतमा पाएको सम्मान सदैव सम्झनेछु, कलाकार – अविनाश घिसिङ्”

जय आले/ईन्द्र भूषाल, कुवेत  

बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको साँस्कृतिक तथा पाठपूजा कार्यक्रममा बिशेष अतिथी कलाकारको रुपमा नेपालदेखी आउनुभएका कलाकार अविनाश घिसिङलाई कुवेतवासी नेपालीहरुले माया र सम्मान दिनेक्रम जारीनै छ । यसै सिलसिलामा कुवेतवासी नेपालीहरुको इतिहासमा पहिलो महिला उदघोषिकाको रुपमा परिचित पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरीले आफैंलाई गोली हाने


भक्तपुरको सुडालस्थित महानगरीय प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान नारायण कटवालले आफैंलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् ।ड्युटीमा रहेकैबेला कटवालले दाहिने कुममा गोली हानेको प्रहरी स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायिकाको ‘सिजन’


स्मृति ढुंगाना, काठमाडौं, जेठ १८ -नेपाली संगीत बजारमा गायिकाहरूको ‘सिजन’ सुरु भएको छ। पछिल्लो समयमा गायिकाहरूले पालैपालो एल्बम निकालिरहेका छन्। यो ‘सिजन’को सुरूवात इन्दिरा जोशी, रेखा शाह र आनी छोइङ डोल्माका एल्बमबाट भइसकेको छ। एल्बम बिक्री सन्तोषजनक नभए पनि स्टेजमा गाउनका लागि नयाँ गीत आवश्यक पर्ने गायिकाहरूको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

लोडसेडिङ बिरुद्ध प्रदर्शन, एक दर्जन सवारी तोडफोड


मिथिलेश यादव,
राजविराज, जेठ १८ -लोडसेडिङको बिरोध गर्दै सप्तरी कल्याणपुरका स्थानीयले पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले एक दर्जन सवारी तोडफोड गरेपछि अवस्था असमान्य बनेको छ। स्थानीयको प्रदर्शनका कारण कल्याणपुर बजार बन्द भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा ६ वर्षभन्दा बढी काम गर्न नपाइने


काठमाडौं, जेठ १८ – वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपालीले अबदेखि ६ वर्षभन्दा बढी काम गर्न नपाउने भएका छन्। साउदीले ६ वर्षभन्दा बढी समय बिताएका विदेशी कामदारको श्रम स्वीकृति नवीकरण नगर्ने निर्णय गरेपछि यस्तो स्थिति आएको हो।   साउदी नेपाली कामदारको प्रमुख गन्तब्य हो। यहाँ झन्डै ६ लाख नेपाली छन्। यसमध्ये ६ वर्षभन्दा बढी काम गर्नेको संख्या झन्डै आधा छ। पढ्नेक्रम जारी राख्नुहोस्

नानो कार नेपालमा


नानो पहिलोपटक भारतीय बजारमा आउँदा सबैभन्दा सस्तो कारका रूपमा प्रचार भए पनि नेपाली बजारमा यसको मूल्य’bout यकिन भइसकेको छैन ।
गोकर्ण अवस्थी

काठमाडौं, जेष्ठ १८ – संसारकै सस्तो भनिएको नानो कारको दुई वर्षदेखिको प्रतीक्षा अब पूरा हुने भएको छ । छिमेकी भारतमा बनेर पनि उपभोग गर्न नपाएका नेपालीको हातमा एक महिनाभित्रै यसको स्टेरिङ हुनेछ । बजार प्रवर्द्धनका लागि नेपाल ल्याइएका दुइटा कार भने बुधबारै राजधानीका सडकमा देखिनेछन् । जुन अन्तिम सातासम्ममा बजारमा लैजाने बिक्रेताले जनाएका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्