गैर आवासीय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेसन सम्पन्न


जेष्ठ १६ – गैर आवासिय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेसन स्थानिय आन्त्रोपेन सहरमा भव्यताका साथ सम्पन्न भएको छ ।नेपाली दुतावास बेल्जियमका राजदुत प्रमेशकुमार हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जिवा लामिछानेको विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रमामा एनआरएन जर्मनी, नेदरल्याण्ड लगायत बेल्जियम स्थित नेपाली संघसंस्था तथा उल्लेखनिय रुपमा गैर आवासिय नेपालीहरुको उपस्थिति रहेको थियो ।दघाटन सत्रमा बोल्दै प्रमुख अतिथि राजदुत प्रमेशकुमार हमालले भने, “चुनावमा जान र लड्न सहज हुन्छ तर काम र कार्यन्वयनमा त्यस्तो देखिदैन । मान्छेहरु विचारका आधारमा संगठित हुन सक्छन् तर एनआरएनमा राजनैतिक रंगहरु दिइनुहुदैन ।”सहमतिको परिणाम दिनुस तर सहमति हुन सकेन भने त्यसका केहि विधिहरु हुन्छन् त्यसलाई सहज तरिकाले अपनाउन सुझाए । जवसम्म नेपालीहरु संबृद्ध हुदैनन् तव सम्म संसारका जुन सुकै देशमा रहेका नेपालीहरुले गर्व महसुस गर्न सक्दैनन् उनले भने ।

यसैगरि यसै अधिवेशनका विशिष्ट अतिथि तथा एनआरएन अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष जीवा लामिछानेले एन आर एन कुनै सामन्ती तथा धनी हरुकोमात्र संस्था नभएको स्पस्ट पार्दै  एन आर एन सवैको साझा संस्था भएको बताए ।  साना साना लगानीहरुलाई पनि कसरि प्रर्वद्धन गर्न सकिन्छ र म्युचुअल फन्ड र सामुहिक लगानीबाट जलविद्युतमा लगानी गर्ने योजनाहरु बन्न लागेको खुलासा गरे ।

उनले दोहोरो नागरिकता नागरिकता ऐन हताउनु पर्ने नै एनआरएनको मुख्य माग रहेको बताए । कार्यक्रममा युरोपियन क्षेत्रिय सहसंयोजक रविन्द्रमान श्रेष्ठ, जर्मनी आइसीसी सदस्य कुमार पन्त, आइसीसी सदस्य बेल्जियम अर्जुन कुमार श्रेष्ठ, एनआरएन नेदरल्याण्डका अध्यक्ष हरि शर्मा पौडेल, जर्मनीका अध्यक्ष दिल गुरुङ्ग, युरोपियन पुर्व सहसंयोजक जानकी गुरुङ्ग, पुर्व एनआरएन बेल्जियमका अध्यक्ष युवराज गुरुङ्ग, गंगाधर गौतम, सुरेन्द्रमान अमात्य, इन्द्र वली, सुरेन्द्रमान अमात्य, राजेन्द्र रसाइली, अनन्ता गुरुङ्ग ले शुभकामना मन्तव्य दिए ।

बन्द सत्रमा प्रवेस पश्चात कार्यक्रममा जिवा लामिछानेको अध्यक्षतामा रविन्द्र श्रेष्ठ, इन्द्र क्षेत्री पकवान, प्रेम पाठक, हरि शर्मा, कुमार पन्त अध्यक्ष मण्डलको गठन पश्चात महासचिव नन्दराज घलेले प्रगति प्रतिवदन, रोसन जोशीद्धारा आर्थिक प्रतिवेदन र सदस्य श्री शालिक गौतम द्धारा शंशोधित विधानको मस्यौदालाई शंशोधन सहित पास गरिएको थियो । एनआरएन बेल्जियमको ८७४०८,९८ कुल आय र ६१३१७,७८ युरो व्यय भएको थियो । र बन्द शालिक गौतमको संयोजक्त्वमा निर्वाचन समिति गठन गरि आगमी जुन २६ मा निर्वाचन गराउने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष श्री पिजी शेर्पाको अध्यक्षतामा संपन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष लिलाधर पन्तले स्वागत तथा महासचिव नन्दराज घलेले सञ्चालन गरे ।

उल्लेख्य संख्यामा उपस्थिती रहेको उक्त कार्यक्रम अत्यन्तै सफल रहेको विष्लेशकहरुले बताएका छन् ।

Posted by: Dambar Rimal                                                   Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.