ईन्द्र भूषाल, कुवेत
नेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो तरल र नेपाली जनताले चाहेजस्तो नभए पनी लामो समयसम्म नेपालमा शासन गरेको राजतन्त्रलाई पाखा लगाएर गणतन्त्र स्थापना गरेको पनि चार बर्ष पुग्यो । गणतन्त्रलाई जोगाउन रातभरी कसरत भईरहदा बिदेशमा रहेका नेपाली कुट्नैतीक नियोग भने देशको चौंथो गणतन्त्र दिवस मनाउन कम्मर कसेर लागेका थिए । यसै सन्दर्भमा नेपाली दूतावास कुवेतले पनि फर्वानियास्थित होटल क्राउन प्लाजामा आमन्त्रित सबै पाहुनाहरुलाई ओपन बुफे भोजनको ब्यबस्था सहित भब्यरुपले २९ मे २०११ मा नेपालको गणतन्त्र दिवस मनायो ।
कुवेत सरकारका अन्तर्राष्ट्रिय बिभाग प्रमुख अल-मागासिन प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा विश्वका करिव ९० राष्ट्रका राजदूतहरुको उपस्थिती रहेको नेपाली दूताबास श्रोतले जानकारी दिएको छ । बिदेशी कुट्नैतीक नियोगका प्रमुखहरुको नेपाली दूताबास स्थापना पश्चात शायद यो पहिलो ठुलो जमघट हो । कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रमुखहरु, वरिष्ट ब्यक्तित्वहरु, अनलाईन पत्रीकाका पत्रकारहरुलगायत ठुलो संख्यामा नेपालीहरुको समेत उपस्थिती रहेको थियो ।
नेपाली राष्ट्रिय पोशाकमा सजिएर महामहिम राजदूत मधुबन पौडेल र उहाकी धर्मपत्नी सिता पौडेल लगायत सम्पूर्ण दूतावास परिवारले आगन्तुक पाहुनाहरुलाई हँसिलो मुद्रामा स्वागत गर्नु भएको थियो । गणतन्त्र दिवसको अवसर पारेर कुवेतमा यती ठुलो कुटनैतीक जमघट गर्न सफल भएको र नेपालको संस्थागत बिकासको लागि सबै आगन्तुक पाहुनाहरुले राजदूत पौडेललाई बधाई दिएका थिए ।
प्रमुख अतिथी र राजदूत दम्पती सँगै उभिएर कुवेत र नेपालको राष्ट्रिय झन्डाको अगाडि नेपाली राष्ट्रिय गान बजाएर देशको सम्झना गरिएको थियो भने अतिनै सुन्दर केक काटेर कार्यक्रमलाई औपचारिकतातिर अगाडि बढाईएको थियो ।
राष्ट्रिय नारालाई सफल बनाउन दूतावासको प्रशंसनिय काम:
चौंथो गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको नेपाली दूताबास कुवेतले गणतन्त्र दिवसको दिनलाई सम्झना मात्र गरेन नेपाल सरकारले राष्ट्रिय रुपमै मनाउँदै आएको पर्यटन बर्ष २०११ लाई सफल पार्नको लागि गणतन्त्र दिबसको यो जमघटलाई सदुपयोग गरेर एउटा कुटनैतीक नियोगले राष्ट्रिय कार्यक्रम सफल पार्नको लागि निभाउनु पर्ने भूमिका समेत गहन किसिमले निभायो ।
विश्वका करीब ९० देशका महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थितीमा नेपाललाई चिनाउनको लागि अरबिक र अङ्रेजी भाषामा लेखिएका नेपाल सम्बन्धी ब्राउसरहरु प्रवेशद्वारको अगाडि राखिएको थियो भने स्क्रिनमा नेपाललाई विश्वको सामु चिनाउने फोटोहरु, पर्यटकिय स्थलका द्रिश्यहरु र सुन्दर हिमालहरु देखाईएको थियो । टेवलमा राखिएका ब्राउसरमा नेपालको सफा जलासयमा गरिने र्याफ्टिङ्ग, ट्रेकिङ्ग, धार्मिक स्थलका ’boutमा जानकारी दिने सूचनामुलक सामग्री राखिएको थियो । जसलाई पाहुनाहरुले हातमा लिएर पढ्दै हिंडेको देखियो । यसैगरी पाहुनाहरुको स्वागतदेखी लिएर विदाई गर्नसम्म दूतावासका दित्तिय सचिव श्री पुष्पराज भट्टराई दम्पती र कर्मचारी श्री भुवन पौडेल खटिनु भएको थियो । समग्रमा नेपाली दूतावास कुवेतले भब्यरुपमा गणतन्त्र दिवस कुवेतमा मनाएर नेपालको नाम विश्वमा रोशन गर्न सफल भएको छ भन्दा फरक नपर्ला ।