ग्रिस आउँदै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् !!


रेशमलाल पौडेल,
Advisor NRNA Greece

हामी दैनिक जस्तै सुन्ने गर्छौ बिभिन्न बहानामा नेपालबाट दलालहरुको फोस्रो आश्वासनमा फसेर नेपालीहरु ग्रिस छिरिरहेका छन । युरोपिएन युनिएन सम्बद्द ग्रिस जस्मा पहिलो पाइला टेक्नको लागि १०-१२ लाख नेपाली बिना कारण बिना सोधपुछ दलाललाई बुजाउने गरिन्छ । हिजो भर्खर जस्तो लाग्छ मुस्किलले १०-१५ नेपाली भएको देशमा आज एक्कासी करिब करिब १०० भन्दा बडी नेपाली रहेको हाम्रो तथ्यांकमा जानकारी आएको छ । दैनिक जसो नयाँ नयाँ नेपालीहरु आउने क्रम जारी छ र उनिहरुका ठुला ठुला सपनाहरु एक्कासी चट्याङ जस्तै चकनाचुर भएको अनुभुतीले हामी केही पुराना भनाउदा नेपालीहरुलाई उनिहरुको पिडा सुन्दा सुन्दा हैरानी मात्र होइन तनाब पनि सिर्जना गरेको छ ।

प्रतेक दिनको छट्पटी पिडा अनी सजिलै घर फर्किन नसकिने उनिहरुको अवस्थाले गर्दा उनिहरुमा शरीरिक कमजोरी त छदैछ मानसिक तनाबमा पनि उल्झिएको हामी पाउने गर्छौ । उनिहरुको भनाइ यस्तो हुन्छ… कोही साथीहरु बिच बाटोमै हराउनु भयो ।  कती साथीहरु बोर्डर क्रस गर्दा कता छुट्नु भयो धन्न बचेँर आइयो । अब त कहिल्यै बिदेश जानु कसैलाई भन्ने छैन । आदी आदी कुराहरु सुन्दा सुन्दा हामी दिक्क छौ । जमिनसँग जोडीएको देश मध्ये टर्कीबाट बिभिन्न माध्यमले ग्रिस छिर्न खोज्दा कतिले बिच बाटोमै ज्यानै गुमाएको कुरा पनि सुन्नमा आएको छ । यस्मा सबैको उत्तिकै कमजोरी छ । आखिर हामी नेपालीहरु किन बुज्ने कोशीस गर्दैनौकी ग्रिसको अवस्था कस्तो छ यहाँ आउन उचित छ कि छैन ? काम पाउने सम्भावना कत्तिको छ ? आदी इत्यादी कुराहहरु आफ्नै तबरले बुज्न खोजेको भए न त तपाईंहरुले पैसा गुमाउनु पर्थ्यो न त जिबन नै जोखिममा राखेर बिदेश हिंड्नु पर्थ्यो ? यो दु:खद समय निम्तिनुमा दलालसँगै तपाईंहरुको पनि उत्तिकै कमजोरी छ ।

राम्रै भन्नु पर्छ ग्रिसमा भर्खर एउटा संस्था गैर आवासिय नेपाली सँघ ग्रिसको स्थापना भएको छ र यसले निबर्तमान अध्यक्ष श्री यम बहादुर शाहीको अध्यक्षतामा २ बर्ष तदर्थ समिती मार्फत आफ्नो कार्यकाल पुरा गरी पहिलो राष्ट्रिय सम्मेलन मार्फत श्री कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा गैर आवासिय नेपाली सँघ ग्रीसको नयाँ कार्य समिती चयन गरेको छ । तपाईं कोही नेपाली यदी कुनै देशमा जादै हुनुहुन्छ भने एक पटक त्यो देशमा रहेका सँघ संस्थाको ’boutमा बुझ्ने कोशीस गर्नुहोस् । त्यो देशको नक्सा हेर्नुहोस् । त्यो देशको भाषा के छ बुझ्ने कोशीस गर्नुहोस् नत्र तपाईंहरु फेरी पनि फसिरहनु हुनेछ र हाम्रो अनुरोध तपाईंहरुलाई कम्तिमा पनि जानकारी लिएर मात्र हिंड्नु होला ।

आफै बेरोजगारको चपेटामा फसिरहेको देश ग्रिस जुन देशमा तपाईं रोजगारको लालचामा दलालहरुको मिठो अनी कपटी बोलिमा फसेर १०-१२ लाख बुजाउन खोज्दै हुनुहुन्छ भने तपाईंहरु एक पटक रोकिनुहोस् अनी त्यो व्यक्ती जो तपाईंहरुलाई हाकाहाकी ठग्न खोज्दै छ त्यसको कठालोमा समाएर आफ्नो पैसा बचाउनुहोस् । यदी कसैले बुजाइसक्नु भएको छ भने छिटो भन्दा छिटो फिर्ता लिनुहोस् ।

यसै बिषयलाई लिएर हामी ग्रिसमा रहेका नेपालीहरुले निकट भबिष्यमा नै नेपालमा एउटा कार्यक्रम राख्ने सोचाइ बनाएका छौ । गैर अवासिय नेपाली सँघ ग्रिसका बर्तमान अध्यक्ष श्री कृष्ण प्रसाद पोखरेल संस्था कै माध्यमबाट छिट्टैनै एउटा ग्रिसको बस्तुगत अवस्था र चुनौतीको ’boutमा सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउने उद्देश्यले एउटा ब्रिहत कार्यक्रम नेपालमा गर्ने सोचाइ बनाउनु भएको कुरा पनि तपाईंहरुलाई अबगत गराउन चाहन्छौ । ग्रिसमा पहिल्यै देखी बिभिन्न तबरले नेपालीहरुका हरेक समस्यामा अनी दु:खमा सुखमा हरेक रुपले सहयोग गर्दै आउनु भएका गैर आवासिय नेपाली सँघ ग्रिसका बरिष्ट उपाध्यक्ष श्री राम प्रसाद सुबेदी पनि अहिलेको बर्तमान परिबेस देखी अत्यन्तै चिन्तित हुनुहुन्छ । सुन्दर देश ग्रिस भित्रका तिता अनी दर्दनाक पिडाहरु बिच पनि नेपाली-नेपाली बिच माया ममता आजसम्म बिचलित हुन पाएको छैन त्यो एउटा राम्रो पक्ष हो । तै पनि नेपालीहरुको कष्टकर जिबनस्तर अनी बढ्दो समस्या प्रती सम्पूर्ण ग्रिस निवासी नेपालीहरु चिन्तित हुनुहुन्छ ।

तपाईंहरु यदी कोही ग्रिसको ’boutमा जानकारी लिन चाहनुहुन्छ भने NRNA को आधिकारिक वेवसाईट http://www.nrn.org.np खोल्नुहोस् अनी ग्रिसमा क्लिक गर्नुहोस् र त्यहाँ दिएका संपर्क ईमेलमा जतीबेला पनि सम्पर्क गरेर यो देशको ’boutमा जानकारी लिन सक्नु हुनेछ । हाम्रो उदेश्य तपाईंहरु इलिगल तबरले कसैका लह-लहैमा लागेर जिबनकै जोखिम लिएर लाखौं लाख खर्च गरेर ग्रिस आउन खोज्नु भएको छ भने एक पटक सोच्नुहोस् यती मात्र सुझाव दिन चाहन्छौं ।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.