हे नेपाल आमा !!


जितेन थिङ्, कुवेत

हत्या हिंसा अनी बैचारिक द्वन्दबाट
वाक्क भाईसकेका छन जनता खल्लो राजनैतिक परिवेशबाट,
जुनै जोगी आएपनी कानै चिरेको
जसले सत्ता हात लिएपनि सहमतिको माला भिरेको,

पटक पटक तयार भए सहमतिका बुंदाहरु
किन पो चोट लाग्थ्यो र नेताहरुलाई रुँदा अरुहरु,
च्यातिएर गए त्यस्ता कती सहमतिका पानाहरु
उपनाम दिए पनि हुन्छ नेताहरुलाई एक्काइसौं सदिका राणाहरु,

सेना समायोजनको निहुमा नेताहरु जनतालाई भेंडा बनाउँदै छन
संबिधान सभाको म्याद थपी सभासदहरु, भत्ता खाने योजना ल्याउँदै छन,
खेल खेल्दै छन नेताहरु, पालै पालो सत्तामा जाने
काँग्रेस, एमाले, माओवादी जो होस् देशको धुकुटी मात्रै रित्याउने,

त्यसैले हे नेपाल आमा,
आँखा चिम्लिएर नबसिदेउ अब, हत्या, हिंसा र द्वन्द हेरिदेउ आँखा उघारेर
कान थुनेर नबसिदेउ अब, जनताको कोलाहल अनी चित्कार सुनिदेउ
कानको बुझो हटाएर,
अती भो नेपाल आमा,
जनता अनी देशको मर्म बुझ्ने नेता जन्माइदेउ
शान्ती पुनर्स्थापनाको लागि फेरी अर्को बुद्ध जन्माइदेउ !!
…फेरी अर्को बुद्ध जन्माइदेउ !!!

Posted by: Jay Ale

One response to “हे नेपाल आमा !!

  1. sarai ramro kabita lekhnu bhayo jiten ji.agami dinharumaa pani hajur ko kalam le yasarinai naya srijana haru nikaalos mero dherai shubhakamana cha hai.
    indra bhusal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.