बुद्ध जयन्तीमा धार्मिक पूजा र साँस्कृतिक कार्यक्रमबाट प्रवासी नेपालीहरुले बुझ्नु पर्ने सन्देश


ईन्द्र भूषाल, कुवेत

भगवान गौतम बुद्धले यो धर्तिमा जन्म लिएको २५५५ बर्षको अबसरमा नेपाल तामाङ घेदुङ कुवेतले एउटा फरक बातावरणमा आफ्नो धार्मिक प्रचलन अनुसार कुवेतको नेपाली समाज लगायत बुद्ध धर्मलाई मानेर अगाडि बढ्ने धेरै देशका नागरिकहरुलाई अतिनै राम्रो सन्देश दियो ।

मनुष्यको ब्यक्तिगत जिन्दगीलाई के-कसरी शान्ति दिन सकिन्छ, शान्तिको लागि गर्नु पर्ने मार्गदर्शन के हुन र आजको यो एक्काइसौं शताब्दिमा गौतम बुद्धका उपदेशहरुको कस्तो महत्व रहेको छ भन्ने बिषयमा यो कार्यक्रमले सकारात्मक सन्देश छाडेर गएको छ ।

भौतिक सुख र विलासिताको जिन्दगीलाई चटक्कै त्यागेर भगवान गौतम बुद्धले शान्तिको लागि ठुलो तपस्या गरी ज्ञान प्राप्त गर्नु भएको थियो । उहाँले दिएको यो शान्तिको सन्देशलाई तामाङ् घेदुङ्को कार्यक्रममा नेपालीहरुले देखाएको सहज बातावरण र गरिमामय उपस्थितिले कताकता कुवेतवासी नेपालीहरुले पनि भगवान गौतम बुद्धले दिएको उपदेशलाई आत्मसात गरेको देखियो ।

देश छाडेर प्रवासमा हामीले आफ्नो जिबनको खुशीको लागि, परिवारको खुशीको लागि र सुनिश्चित भबिष्यको लागि जे-जस्तो परिवेशमा रोजिरोटी गरेपनी र हाम्रा हिंड्ने बाटाहरु फरक भएपनी हामी नेपाली हौ र जहाँ गएपनी हामीले नेपाली आत्मियतालाई बिर्सनु हुँदैन र शान्तिको लागि बुद्ध जन्मेको देशका नागरिकहरु अरु अशान्तिको मार्गमा हिंड्न हुँदैन भन्ने सन्देश पनि दिएको छ यो कार्यक्रमले ।

संस्थागत हिसाबले तामाङ घेदुङले बुद्ध जयन्तीको कार्यक्रम गरेर आफ्नो संस्थाको बलियो प्रस्तुती मात्र देखाएन, नेपाल र नेपालमा जन्मनु भएका भगवान गौतम बुद्धको शान्तिको सन्देशलाई सबै मित्र राष्ट्रको अगाडि राम्रोसँग प्रस्तुत गरेर नेपाल र नेपालीको शिरलाई ठाडो पारेर कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुलाई संस्थागत वा ब्यक्तिगत फाईदाको लागि मात्र होइन राष्ट्रको नाम र नेपालीहरुको परिचयलाई विश्वमा चिनाउनु पर्छ भन्ने सन्देश समेत दिएको हामी सबै सँघ-संस्थाले बुझ्न जरुरी देखिन्छ ।

आफ्नो संस्थाको कार्यक्रमलाई सफल पार्नको लागि संस्थामा कृयाशिल सदस्यहरुको कस्तो भूमिका रहन्छ र सबै एकजुट भएमा सबै कार्यक्रमहरु सफल पार्न सकिन्छ भन्ने सन्देश समेत नेपालीहरुलाई तामाङ घेदुङ कुवेतका स्वयंसेबकहरुले निभाएको  भूमिकाले दिएको छ । समग्रमा नेपाल तामाङ घेदुङले बुद्ध जयन्तीको अवसरमा गरेको यो कार्यक्रमले शान्ति, संस्थागत एक जुटता अनी लगनशिलताले जस्तोसुकै कार्यक्रम पनि सफल पार्न सकिन्छ भन्ने सन्देश सबै प्रवासी नेपालीहरुलाई दिएको छ ।

3 responses to “बुद्ध जयन्तीमा धार्मिक पूजा र साँस्कृतिक कार्यक्रमबाट प्रवासी नेपालीहरुले बुझ्नु पर्ने सन्देश

  1. Excellent news if you have a picture more bettar nepal tamang ghedung kuwait

  2. Indra sir…thank you very much for the news and theme you have entitled. Everybody working here in Kuwait must understand the theme of the programme and should learn lesson by heart. Despite of being from different religon, we should respect each others in same value and respect. At last I’d like to thanks everybody for the help they have provided us to make our programme successful and to all news forum for publishing such wonderful news.

  3. indra sir very Excellent news thanks for you process

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.