नेपाल तामाङ् घेदुङ् कुवेतको बुद्व जयन्ती तथा साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न


गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन राजदूतहरुको जोड

जय आले/ईन्द्र भूषाल, कुवेत

२५५५ औं बुद्ध जयन्तीको पावन अवसरमा नेपाल तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको बृहत साँस्कृतिक प्रस्तुती एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजा कार्यक्रम २७ मे २०११ को दिन, कुवेतको होटल एशिया-एशियामा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।

तामाङ् घेदुङ् कुवेतका सचिव अमृत तामाङ्को साथमा सदस्यहरु अर्जुन तामाङ्, शान्ती तामाङ् र निर्मल तामाङ्ले संयुक्तरुपमा आकर्षक एवं मनोरञ्जनात्मक ढंगबाट सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा घेदुङ् कुवेतका संस्थापक अध्यक्ष सुन बहादुर तामाङ्को सभापतित्व, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्य, बौद्ध धर्म प्रति आस्थावान कुवेतस्थित अन्य ६ बिदेशी राष्ट्रका राजदूतहरु (श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, बर्मा, लावस र भुटान) लगायतको बिशिष्ट आतिथ्य, तामाङ् घेदुङ् कुवेतका बरिष्ट सल्लाहाकार एवं NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्को बिशेष आतिथ्य र कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, बिशिष्ट व्यक्तित्वहरु एवं पत्रकारहरुको आतिथ्य रहेको थियो ।

ॐ माने पेमे होमको मुटु छुने धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ पढ्दै र पूजाआर्चना गर्दै शुरुवात गरेको कार्यक्रममा तामाङ् घेदुङ् कुवेतका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्ले भगवान बुद्ध (राजकुमार सिद्दार्थ गौतम) को जीबनी/जीबनशैली र बुद्ध धर्मको ’boutमा स्पष्ट प्रवचन दिनु भएको थियो, भनें वहाँको साथमा नेपाल लगायत ७ देशका राजदूतहरुले संयूक्त रुपमा पानसमा द्विप प्रज्वलन गर्दै बुद्ध भगवानको मुर्तिमा पूजा गरेपछी कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेलले तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको यस कार्यक्रममा बिभिन्न राष्ट्रका आफ्ना कुट्नैतीक मित्रहरुको साथमा प्रवासमा रहेर पनि शान्तीको दूत भगवान बुद्धको जन्म जयन्ती मनाउँन पाउँदा आफुलाई निकै खुशी लागेको भन्दै कार्यक्रम सफलताको कामनासहित सम्पूर्ण प्रवासी नेपालीहरुलाई सु-स्वास्थ्य एवं सफल जीबनको शुभकामना दिनु भयो । यस्तै, अन्य शुभकामना मन्तव्य दिनेहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, प्रमुख संरक्षक बाल कुमार गुरुङ्ग, NRNA कुवेतका महासचिव सुजन के.सी र कुवेतनेपाल डटकमका संवाददाता एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र भूषाललगायत हुनुहुन्थ्यो ।

यसैगरी, बिशिष्ट अतिथी दिर्घामा आसिन अन्य ६ राष्ट्रका राजदूतहरुसँग नव सञ्चालिकाको रुपमा पहिलो चोटि कुवेतवासी नेपालीबीच प्रस्तुत भएकी शान्ती तामाङ्ले कार्यक्रम प्रस्तुतीलाई लिएर प्रतिकृया लिने क्रममा.. उपस्थित सबै देशका राजदूतहरुले नेपाल तामाङ् घेदुङ् कुवेतको आयोजनामा प्रस्तुत गरिएको आजको यस बुद्ध जयन्ती एवं साँस्कृतिक कार्यक्रमबाट आफुहरुलाई केही मात्रमा भएपनी नेपाल र नेपाली संस्कृती एवं रीतिरीवाज ’bout जान्ने अवसर मिलेकोले खुशीको साथ धन्यवाद दिन चाहन्छौं भन्नु भयो । यसका साथै, वहाँहरुले धर्म र सदभाव एउटा यस्तो बहुमुल्य बस्तु हो जसको कुनै बाउण्डरी (सिमाना) हुँदैन, गौतम बुद्ध नेपालमा जन्मेता पनी उहाँले दिनु भएको उपदेश र शान्तीका सन्देशहरु संसारभरका मानव जगतले एउटा मार्गदर्शनको रुपमा अंगाली बुद्ध धर्म प्रति आस्थावान रहेको संक्षिप्त प्रतिकृया दिंदै, २५५५ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जगतमा बुद्धको वाणी फैलियोस् भन्ने सन्देश दिन चाहन्छौं भन्नु भयो ।

आ-आफ्नो जागिरे जीबनको एउटा व्यस्त परिस्थितीसँग आवद्द रहेर पनि नेपाल तामाङ् घेदुङ् कुवेतले २५५५ औं बुद्ध जयन्तीको अवसरमा अहोरात्र खटेर यस बृहत कार्यक्रमको आयोजना गरी तामाङ् जातिय पहिचान, भाषा-संस्कृती र भेषभूषालाई मात्र नभई, सम्पूर्ण प्रवासी नेपाली र नेपालीहरुको संस्कृति एवं रीतिरीवाजलाई समेत संसारको सामु पहिचान गराउन र दिगो राख्न यस घेदुङ् कुवेतले गहन भूमिका निर्वाह गर्न सफल भएको बिभिन्न राष्ट्रका राजदूतहरुको उपस्थितिले पनि छर्लङ्ग पारेको छ ।

कायर्क्रम प्रस्तुतिको लागि बिशेष अथिति कलाकारको रुपमा नेपालदेखी झिकाईएका सु-प्रख्यात गायक अविनाश घिसिङ्ले दर्जनभन्दा बढी गीतहरु गाएर कुवेतबासी नेपालीहरुलाई छमछमती नचाउन र गीतसँगै म्युजिकको तालमा उफार्न सफल भएका थिए । स्टेज तताउन सक्ने अदृश्य खुपी भएका कलाकार घिसिङ्ले आफ्नै एलबमका  कलकत्ते काईंयो र हिमालको छोरो जस्ता दर्जनौं गीतहरु आफ्नो कर्णप्रिय आवाजमा गाएर आफै नाचेको देख्दा वहाँसँग ननाच्ने शायद कमै दर्शकहरु थिए ।

कार्यक्रमको बीच-बीचमा कविता वाचन जस्ता प्रस्तुतिहरु पनि रहेका थिए । जसमा तामाङ् घेदुङ् कुवेतका सल्लाहाकार जितेन थिङ्द्वारा नेपालको वर्तमान राजनैतिक परिप्रेक्षलाई औल्याउँदै वाचन गरिएको नेपाल आमा शिर्षकको व्यंगात्मक कविताले सबैलाई उत्साहित तुल्याई कार्यक्रम कक्षनै तालिले गुञ्जयमान भएको थियो ।

सु-प्रख्यात गायक अविनाश घिसिङ्को साथमा नेपाल तामाङ् धेदुङ् कुवेतका स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको उक्त सांगितिक माहौलदेखी सन्तुष्ट भई आर्थिक सहयोग गर्ने दानबिर महानुभावहरुको घुईंचो नै लागेको देखिन्थ्यो । लालीगुराँस साँस्कृतिक परिवारका कलाकारहरुको समेत अतिथी कलाकारको रुपमा आकर्षक प्रस्तुती रहेको थियो भनें उक्त कार्यक्रमको तामाङ् घेदुङ् कुवेतका सदस्य कोरियोग्राफर एवं नृत्य प्रशिक्षक चर्चित डान्सर सन्जु तामाङ्को नृत्य क्षेत्रमा मुख्य नेतृत्व रहेको थियो ।

नोट: आ-आफ्नो बेजोड प्रस्तुती दिई कुवेतवासी नेपालीहरुलाई मनोरञ्जन तथा घेदुङ् कुवेतको कार्यक्रमलाई लक्ष अनुरुपको सफलता हाँसिल गराउने स्थानिय कलाकारहरुको यकिन विवरण उपलब्ध नभएकोले अहिले प्रकाशित गर्न नसकिएको र जसबाट पर्न सक्ने असुविधा प्रति क्षमा याचना गर्दै, यकिन विवरण प्राप्त भएको खण्डमा (फोटोसहित) पुन. प्रकाशित गरिने जानकारी गराईन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.