जन्तीको बस पल्टिँदा दुई दर्जन घाइते


पर्सा, जेठ १४ – पर्साको हरपतगन्जमा जन्ती बोकेको बस गएराति पल्टिँदा करिब दुई दर्जन जन्ती घाइते भएका छन्। पर्साको जगरनाथपुर-८ मनिहारी टोलबाट जन्ती बोकी पर्साकै रामनगरी गइरहेको ना३ख १४४९ नं को सिटी राइड बस अत्यधिक गतिका कारण वीरगन्ज-पोखरिया सडकखण्डको जगरनाथपुरमा बाटोबाट तल खस्दा करिब दुई दर्जन जन्ती घाइते भएका हुन्।

घाइतेमा मनियारीका छोटेलाल यादव, कपिलदेव मण्डल, गणेश साह, अजय साह, रामबालक यादव, मनोज गिरी, ठगप्रसाद यादव, सामु पटेल, उपेन्द्र पटेल, हरेन्द्र यादव, भुवनप्रसाद यादव, वीरेन्द्र राउतलगायत दुई दर्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये करिब आधादर्जनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

शुक्रबार राति ८ बजे मनियारीबाट जन्ती बोकी रामनगरीतर्फ जाँदै गरेको बस हरपतगन्जस्थित सडकखण्डमा पुग्दा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टरलाई बचाउने प्रयाशमा बस चालकले नियन्त्रण गुमाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा र करङमा चोटपटक लागेको चिकित्सकको भनाइ छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उद्धार गरी अस्पतालसम्म पुर्‍याइएको थियो।

Posted by: Shiva Paudel

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.