यसपटक पनि आठै दिनमा उड्यो चरी भुरुरुर्र। उडेर सरासर बल्खु दरबारको गजुरको टुप्पोमा गएर बस्यो चरी। पुलिसहरू हेरेको हेर्यै भए। फिरौती रकम र हतियार सहित रङ्गेहात समातिएको चरी किन र कसरी उड्यो? किन बल्खु दरबारकै गजुरको टुप्पोमा गएर बस्यो? पुलिसहरूलाई केही थाहा थिएन। यी चरीलाई त्यत्तिकै चरी भनिएको थिएन। जहिले जहाँ थुनिए पनि भुरुरुर्र उडन्सक्ने विशेषता नै हो उनको। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/05/2011
गुण्डाहरुको नेता-नाता
Posted in नेपाल समाचार
बन्दका कारण दैनिक एक अर्व घाटा
बिभिन्न संगठन र समुहको बन्दका कारण पूर्व क्षेत्रमा दैनिक एक अर्बको रुपैयाँको आर्थिक घाटा हुने गरेको छ ।पूर्वाञ्चल उद्योगी व्यवसायी संरक्षण मञ्चका संयोजक टंकप्रसाद दुलालले एक दिनको बन्दमा विभिन्न क्षेत्र गरी पूर्वाञ्चललाई १ अर्ब घाटा हुने जानकारी दिनु भएको छ ।दुलालका अनुसार सरदर दैनिक कारोवारतर्फ ३८ करोड ४६ लाख, डिमाण्ड शुल्क तर्फ २८ लाख २६ हजार, बैंक ब्याजतर्फ १५ करोड, ट्रक कन्टेनरतर्फ १ करोड २३ लाख ६० हजार, ह्रास कट्टीतर्फ १५ करोड ५४ लाख र बिमा, मर्मतसम्भार तथा अन्य गरी २० करोड रुपैंया घाटा हुने गर्दछ । उहाँले यति धेरै नोक्सानी भएपनि जिम्मेवार दलहरु नै बन्द र हड्तालमा संलग्न रहेकाले उद्योगीहरु समस्यामा परेको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अब अन्तर्राष्ट्रिय उडानमा एयर हिमालयन
चारवटा निजी वायुसेवा कम्पनीको संयुक्त लगानीमा ल्याउन लागिएको अन्तर्राष्ट्रिय विमानका लागि नयाँ कम्पनी औपचारिक रूपमा कम्पनी दर्ता गरिएको छ । ‘एयर हिमालयन प्राइभेट लिमिटेड’ नाउँमा दर्ता भएको सो कम्पनीमार्फत युरोपेली जहाज निर्माता कम्पनी एयरबसका २ दुई वटा विमान ल्याउन ल्याइने भएको छ । यसअघि संचालनमा आउन नसकेको यती एयर इन्टर नेशनल कम्पनी मार्फत विमान संञ्चालन चालन गर्ने तयारी गरिए पनि सो कम्पनीप्रति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सकारात्मक नदेखिएपछि समूहले नयाँ कम्पनी दर्ता गराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
नेपाली चेली हलिउडमा
– कृष्ण भट्टराई
केही परिचित नेपाली कलाकार बलिउडमा संघर्ष गरिरहँदा एक नेपाली चेली भने विश्वकै ठूलो चलचित्रनगरी हलिउडमा प्रवेश गरेकी छिन्। दुई वर्षको उमेरमा नेपाल छाडेकी श्वेता १६ वर्षको उमेरमै हलिउड प्रवेश गरेकी हुन् । अभिनयको औपचारिक प्रशिक्षणपछि विगत ४ वर्ष देखि हलिउडका चलचित्रमा अभिनय गरिरहेकी छिन् । श्वेताले आधा दर्जन चलचित्र, टेलिश्रृंखला, वृत्तचित्र तथा रंगमञ्चमा अभिनय गरिसकेकी छिन्।