स्मृति ढुंगाना, काठमाडौं, जेठ- म्युजिक भिडियोको सुटिङमा धेरै भेटिने अभिनेत्री केकी अधिकारी मंगलबार अत्तरखेलस्थित नबिल बैंकको ‘कस्टमर सर्भिस’मा भेटिइन्। कुनै कथाले मागेको दृश्य थिएन त्यो। उनी ग्राहकहरूको चेक तयार गर्दै थिइन्। अर्की सहकर्मीले उनलाई एउटा फाइल देखाउँदै केही इशारा गरिरहेकी थिइन्।हल्लैहल्लामा नेपाल बन्द भए पनि बैंकमा ग्राहकको भीड बाक्लै थियो। एउटी अधबैंसे महिला एक्कासी केकी बसिरहेको डेक्सअघि उभिएर टोलाइरहेकी थिइन्। केकीले झट्ट सोधिन्, ‘तपाईंलाई केही सहयोग गरौं?’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/05/2011
बैंकर केकी
Posted in नेपाल समाचार
तामाङ् घेदुङ्को कार्यक्रमको पूर्ण तयारी, सबै सदस्यहरु कार्यक्रम सफल पार्न सकृय
ईन्द्र भूषाल, कुवेत
नेपाल तामाङ् घेदुङ् कुवेतको आयोजनामा प्रस्तुत हुन गईरहेको साँस्कृतिक कार्यक्रम तथा बुद्ध जयन्तीको अवसरमा गरिने धार्मिक पाठपूजाको तयारी अन्तिम चरणमा पुगेको छ । जसको लागि तामाङ् घेदुङका सम्पूर्ण सदस्यहरु सकृयरुपमा लागिपरेका छन भने कार्यक्रमको प्रमुख पात्र युवा जमातको लोकप्रिय गायक अभिनाश घिसिङ ३ दिन अगावै कुवेत आईसक्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
अमेरिकाले भिसा दिएन राजेश पायललाई
विश्व सांगितिक यात्रामा रहेका नेपाली गायक राजेश पायल राईलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो नयाँ एल्बम राई इज किङको प्रचार प्रसारका लागि युरोपसहित अमेरिकाका बिभिन्न स्थानमा कन्र्सट आयोजना गर्ने तयारीमा रहेका राईलाई काठमाण्डौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।यसअघि कन्र्सट देखाउने भन्दै अमेरिका पुगेका अधिकांश नेपाली गायक-गायिकाहरु उतै लुकेर बसेकाले राईमाथि पनि शंका गर्दै दूतावासले भिसा दिन अस्वीकार गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
केशरीद्वारा कीर्तिमान सुधार
जेष्ठ १२ – केशरी चौधरीले महिला लङजम्पमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई बुधबार सुधार गरेकी छन् । नेपाल पुलिस क्लबकी केशरीले जुलाईमा जापानमा हुने एसियाली एथलेटिक्स च्याम्पियनसिप र अगस्टमा हुने विश्व एथलेटिक्स च्याम्पियनसिपका लागि भएको छनोट खेलमा नयाँ कीर्तिमान बनाएकी हुन् । उनी ५.२६ मिटर उफ्रन गर्न सफल भइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
३ दिनमा माओवादीले हतियार बुझाउला ?
जेष्ठ १२ – नेपाली सेनाको प्रस्ताव स्वीकार गरी समायोजन प्रक्रियामा अघि बढ्ने आफ्नै निर्णय यतिबेला माओवादीका निम्ति ‘फलामको चिउरा’ जस्तै भएको छ । समायोजन प्रक्रिया अघि बढाउन एक मत भएका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईलाई त्यसमा सबभन्दा बढी दबाब परेको छ । अर्का उपाध्यक्ष मोहन वैद्यले सेनाको प्रस्तावप्रति फरक मत राखिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दिनहुँको बन्द-हड्तालले चितवनका पर्यटक फर्कन थाले
भएका बुकिङ पनि रद्द-
चाँदनी हमाल, चितवन, वैशाख १२- संविधान सभाको म्याद सकिनै लाग्दा हुन थालेको दिनहुँजसो बन्द, हड्ताल र दबाबले चितवनको निकुञ्ज र सौराहा घुम्न आएका विदेशी पर्यटकहरु बसाईँ छोट्याएर धमाधम फर्कन थालेका छन्। यसबीच जेठ र असार महिनाभरी नेपाल आउने तय भएका पर्यटकहरुले पनि बुकिङ क्यान्सिल गरेको पर्यटन व्यवसायीहरुले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र, समाचार